तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुटेको निष्कर्षसहित नेपाली कांग्रेसले नयाँ सरकार निर्माणको परिस्थिति अझै परिपक्क नबनेको निष्कर्ष निकालेको छ । बिहीवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘नेकपा कानूनी रूपमा फुटेको छैन । संसदीय दलको नेता केपी ओली नै हुनुहुन्छ । उहाँहरू कसरी अघि बढ्नुहुन्छ भन्ने कुराले धेरै विषयको निर्धारण गर्छ ।’

नयाँ सरकार बनाउने विषयमा कांग्रेसले कुनै हतारो नगर्ने महतको भनाइ छ । ‘हामीले हतार गरेर के गर्ने ?’ उनले भने, ‘कम्युनिस्ट पार्टी एउटै छ । भोलि कस्तो परिस्थिति बन्छ त्यो अलग कुरा हो । विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि नेकपाको एउटा पक्ष नयाँ सरकार गठनको दिशामा अघि बढेको छ ।

तर निर्वाचन आयोगमा विचाराधीन दलको आधिकारिकता र चुनाव चिह्नसम्बन्धी विवाद निरुपण नहुँदासम्म नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्न गाह्रो देखिएको छ । यही विषयलाई लिएर नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बुधवार सभापति देउवालाई भेट्न गएका थिए ।

नयाँ सरकार गठनका बारेमा देउवासँग कुनै सहमति जुट्न सकेको थिएन ।सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउने गरी पुनःस्थापनाको फैसला गत फागुन ११ गते गरेको थियो । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का समूहका अध्यक्ष केपी शर्मा ओली भने सर्वोच्चको फैसलाबमोजिम संसद बैठक बोलाउन तयार देखिएका छन् ।

बैठक बसिसकेपछि नयाँ परिस्थितिको निर्माण हुन सक्ने र त्यही अनुसार निष्कर्ष निकालेर अघि बढ्न सकिने कांग्रेसको बुझाइ रहेको छ । सहमहामन्त्री महतले भने, ‘संसद बैठक बसिसकेपछि कस्तो परिस्थितिको निर्माण हुन्छ, त्यो कम्युनिस्ट पार्टीमै भर पर्छ । त्यसैले अहिले हामी हतारो गर्ने पक्षमा छैनौं ।’

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …