तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका केन्द्रीय सदस्य  बालकृष्ण खाणले  सिमा नाका संचालनका विषयमा सरकारलाई गम्भीर बन्न तथा सिमा नाका सुरक्षित र व्यवस्थित तवरले संचालन गर्नको लागि  अनुरोध गरेका छन् ।

आईतवार एक बिज्ञप्ति जारि गर्दै नेता खाँडले कोरोना भाईरसले पारेको असरलाई मध्यनजर गर्दै अबदेखि उद्योग तथा व्यवसायहरुलाई संचालन गर्नुपर्ने कुरा उल्लेख गरेका छन् ।

यस्तो छ नेता खाँडले जारी गरेको बिज्ञप्ति

नोवेल कोरोना भाइरसको महामारीले नेपाली जनताको जीवन स्तरमा गम्भिर प्रभाव पारेको वर्तमान अवस्थामा लामो समय देखिको वन्दावन्दीले नेपालमा उद्योग, कलकारखाना, पर्यटन व्यवसाय, यातायात व्यवसाय र दैनिक ज्यालादारी गरी गुजारा चलाई आईरहेको मजदुर ज्यादै मर्कामा परेका छन् ।

 लामो समय देखि सिमा नाका वन्द हुदा उद्योग व्यवसाय प्राय ठप्पै छ । त्यसैले उद्योग व्यवसायलाई जोगाउन र टिकाउन व्यवसायीहरुलाई ज्यादै हम्मे हम्मे परेको छ ।

रुपन्देही जिल्लाको सिद्धार्थनगरका उद्योगी तथा पर्यटन व्यवसायीहरुले वेलहिया स्थित नेपाल- भारत सीमा नाकालाई व्यवस्थित र सुरक्षित रुपमा संचालनका लागि गरिरहनु भएको पहल सकारात्मक छ । सिमा नाका संचालनका विषयमा सरकार गम्भीर बनोस् र यथाशिघ्र सिमा नाका सुरक्षित र व्यवस्थित तवरले संचालन गर्न सरकार संग जोडदार माग गर्दै सिद्धार्थनगरका उद्योगी, व्यवसायी, श्रमिक मजदुरहरुले सिमानाका संचालन गर्न गरिएको दबाब कार्यक्रमको समर्थन गर्दछु ।

जय नेपाल !

बालकृष्ण खाण

केन्द्रीय सदस्य

नेपाली कांग्रेस

२०७७/११/०९

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …