तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । प्रमुख  प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र त्यस विरुद्ध भएका आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहण प्रती प्रश्न गर्दै गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापकता सहभागि जनाउन सबैलाई अपील गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक बिगप्ती  जारी गर्दै भनेका छन , पुस १३ , पुस २५ , माघ ३ , माघ ८ र माघ १९ मा विभिन्न तहमा नेपाली कांग्रेस र भ्रातृ संस्थाहरुबाट व्यापक सहभागिता साथ प्रदर्शन गरिएको छ ।

भोलि माघ २४ गते शुभेच्छुक संस्थाहरुको प्रदर्शन पश्चात फागुन ३ गते ७७ जिल्लामै नेपाली काग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम पूर्व निर्धारित छ । 

सर्वसत्तावाद उन्मुख विघटनका विरुद्धमा जुटौं 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनको कदमलाई असवैधानिक , अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गर्दै नेपाली कांग्रेस आन्दोलनमा छ । 

विघटन लगत्तै नेपाली कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग – अलग कार्यक्रम मार्फत व्यापक जनमत प्रकट भइरहेको छ । 

जनतालाई दुख नदिऔं , शान्तिपूर्ण आन्दोलन गरौं 

नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका था नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौ । संसद विघटनको असवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं । विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौ । 

विधि विपरीतको प्रवृत्तिप्रति प्रष्ट विमति 

संवैधानिक परिषद सम्बन्धि संविधानमा व्यवस्था गरिएको प्रावधान , मम र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्बिदै आएको विषयमा संस्थागत निर्णयका साथ नेपाली कांग्रेस प्रष्ट रुपले विरुद्धमा उभिएको छ । 

संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध संघर्ष जारी छ,जारी रहनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …