तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

प्रेम थापा

१.  महानायक राजेश हमाल को जन्म २०२०  साल ,जेष्ठ  २७ गते मंगलबार पाल्पाको  मिसन अस्पतालमा भएको हो । उनको बुबा को नाम  चुर्णबहादुर हमाल हो भने उहाको आमा को नाम रेनु हमाल हो। उनका  जम्मा पाँच जना दाजुभाइ दिदी बहिनी छन। जसमा उनी माइला छोरा हुन ।

२.  उनले हाल सम्ममा जम्मा ३१५  फिल्म मा अभिनय गरिसकेका छन। जसमा ‘युग देखि युग सम्म’ उनको पहिलो नेपाली फिल्म हो। तर बास्तवमा  ‘भाग्य रेखा’ फिल्म उन्को पहिलो फिल्म थियो । यो फिल्म को छायाकनको अन्तारालमा उन्को आँखामा रिफ्लेटर लगायर उनीमा समस्या छ भनी निकालिएको थियो ।

३. उनको  शिक्षाको कुरा गर्दा उनले नेपाल र रुसमा अध्ययन गरेका थिए भने उनले भारतको पन्जाब बिश्व बिद्यालय बाट एम•ए• गरेका हुन । उनी चण्डीगढमा  आइ• ए• पढने क्रममा मास्टरमा पढने केटि संग  लभ परेको थियो । भन्ने सुन्नमा आउछ , उनी कलेज पढ्दा नै मोडलिङ पनि गर्दथे।

४.  उनको बिबाह मधु भट्टराईसङ्ग भएको थियो । मधु राजेश भन्दा 22 बर्ष ले कान्छी हुन। मधु र राजेश को पहिलो भेट ‘लक्स ब्युटी कन्टेक्स्ट’ जसमा राजेश  जज र मधु प्रतियोगी थिए।

५.  उनिले हाल सम्ममा ८५ ओटा भन्दा बढी National film best actor award पाईसकेका छन।

६ .  उनको उचाइ ६ फिट २ इन्च छ । तौल ७५ देखि ८० केजि सम्म छ।

७. उनी सडक फिल्म को सुटिङमा इटाले लागेर गम्भीर घाइते भएका थिए । घाइतेपछि उनले ५ महिना जती बेड रेस्ट गर्नु परेको थियो ।

८.  अब उनी महानायक किन भए ? किनभने उनी एकदम हम्बल थिए , सुटिङ मा समयमा पुग्ने , जस्तोसुकै रोल पनि गर्ने , सबैलाई सम्मान गर्ने, यस्ता कुराहरुले उनलाइ नेपालीको मनमा बस्न सफल भए। यसरी उनी महानायक बने।

९.  उनलाइ अण्डा  बोइल गर्न बाहेक अरु काम गर्न आउदैन । तर उनलाई मछाका परिकार एकदम मन पर्छ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …