तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

झिमरुक । प्युठान जिल्लाको धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी परिसरमा फोहोरासहितको ‘स्वर्ग बाटिका’ निर्माण गरिएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ स्थित स्वर्गद्वारीमा नेपाली सेनाको सामाजिक–आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत बगैँचा निर्माण गरिएको हो ।

इन्द्रध्वज गण खलङ्गा ब्यारेक र डिभिजन वन कार्यालय प्युठानको सहकार्यमा निर्मित वाटिकाको श्री नं १९ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मदनकुमार केसीले बुधबार उद्घाटन र स्वर्गद्वारी आश्रमलाई हस्तान्तरण गर्दै बाहिनीपति नागरिक– सैनिक सम्बन्धलाई थप प्रभावकारी बनाउन निर्मित वाटिका निर्माणले मन्दिर परिसरको गरिमा बढाउन थप टेवा पुर्‍याउने बताए ।

इन्द्रध्वज गण प्युठानको अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को नेपाली सेना सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत विनियोजित २५ लाखमा सामग्री खरीद र सेनामार्फत संरचना निर्माण गरिएको हो । म्युजिकल वाटर फाउण्टेन, पैदल मार्ग, मूलद्वार, तारजाली, रेलिङलगायत संरचना निर्माण गरिएको इन्द्रध्वज गण खलङ्गा ब्यारेक प्युठानका गणपति प्रमुख सेनानी अर्जुनविक्रम थापाले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …