तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटन विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको तेस्रो चरणको आन्दोलन अन्तर्गत शनिबार देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभा सपन्न कार्यक्रम नेपाली कांग्रेस खोटाङले सबै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन गरेको छ।

खोटेहाङ गाउपालिका स्थित सिम्पानीमा भयको बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेबिसंघ खोटाङका सह सचिब किसन भुजेलले कांग्रेस चुनावी मैदानमा उत्रिन डराएको हैनौ कांग्रेस जहिलेपनि लोकतन्त्रका पक्षमा रहेकाले जनताको जनादेश र संविधानको पक्षमा उभिने बताएका छन् ।

कांग्रेस चुनाव देखी डराएर सम्सद विघटनको बिरुद्ध आन्दोलनमा उत्रिएको नभएको दाबी गर्दै भुजेलले बिद्यार्थीका हक अधिकारका निमित्त हिजो पनि हाम्रा विद्यार्थी नेताहरू ज्यान गुमाउनु परेको तितो यथार्थ भएको स्मरण गर्दै सम्सद विघटनले कुनै पाटी लाई फाइदा गर्ला कुनै पाटिलाइ घाटा गर्ला त्यो कुरा सामान्य हो तर देश र जनता लाई नितान्त घाटा गराउने बताएका छन्।

प्रर्दशनपछि आयोजित विरोध सभामा काँग्रेसका स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …