खोटाङ ।नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले कम्युनिष्टको पतन तय भएको र यो लडाईको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन।
खोटाङको ऐशेलुखर्क गाउपालिकाको कमाण्ड सम्हालेका नेपाली काङ्ग्रेसका युवानेता एवं महासमिती सदस्य राईले कम्युनिष्टहरुले जनतालाई ठूलो आशा र भरोसा देखाएर निर्वाचित भएपनी जनताको विश्वासको भारि थाम्न नसकेर बदनाम भएको छ । उनले भने, ‘तीन वर्षसम्म भ्रष्टाचार र वेतिथिमा लिप्त हुने र आफ्नो भारी भरिएपछी आफ्नो वास्तविक चरित्रमा उत्रीएर सत्ताको जुङ्गे लडाईमा कम्युनिष्टहरु सति गएको आरोप लगाए ।
उनि त्यतिमै रोकिएनन, कम्युनिष्टहरु जुधे जुधुन, जे गरून् त्यो उनिहरुको आन्तरिक संघर्षको कुरा हो, तर उनिहरु जुधेर देश र संविधानको लक्ष्य विर्सनुले हामीलाई अक्रोशित बनाएको छ। उनले भने , ‘७० वर्ष लामो नेपाली जनताको संविधान सभाबाट संविधान निर्माण गर्ने सपना सफल भइसके पछि कम्युनिष्टहरु आएर संविधान र संसदिय व्यवस्था माथी घात गरेको छ ।
सभाका प्रमुख अतिथी समेत रहेका नेता राईले, संसदीय व्यवस्थाका पक्षधर कहिलै नरहेका कम्युनिष्टहरुको हातमा सरकारको कमान्ड रहनु भनेको बादरको हातमा नरिवल सरह भएको छ। कम्युनिष्टहरुले गरेको व्यवस्था माथिकै घातको प्रतिकार अब नेपाली जनताले अवश्य गर्ने नेता राईले बताए।
त्यसैगरी जनता र कार्यकर्तालाई ढाडस दिदै कम्युनिष्ट नेपाली इतिहास र समृद्धिको खलनायक भएको र अब नेपाली काङ्ग्रेसले नेपालमा समृद्धिको नेतृत्व गर्न नवीन उर्जा सहित तयार रहेको पनि स्पष्ट पारेका छन् ।
गर्जनका साथ नेता राईले, आफ्ना कार्यकर्ता साथै सर्वसाधारण जनतालाइ दर्हो खुट्टा टेकि कम्युनिष्टको भ्रम र ज्यादतिलाई चिर्न तयार रहन र यसको नेतृत्व अब आफुले लिन तयार रहेको समेत बताएका छन् । साथै नेता राईले, ओलितन्त्रको अन्त्य तय भएको र ओलिको निरङ्कुशताको साक्षी र साथी समेत बनेकोमा खोटाङबाट निर्वाचित विशाल भट्टराई प्रती आक्रोश समेत पोखे ।
आजको विरोध कार्यक्रममा प्रमुख अतिथीको रुपमा राईको उपस्थिति रहेको थियो। त्यस्तै पालिका सभापति हरेराम राजाभन्डारी, बिशेष अतिथिहरु महाधिवेशन प्रतिनिधि प्रकाश बिक, जिल्ला सदस्य एवं ऐसेलुखर्क वडा दुइका अध्यक्ष शन्तबीर तमाङ, पुर्व महधिबेसन प्रतिनिधि एवं ऐसेलुखर्क गाउपालिका अध्यक्ष विश्व निरौला, जिल्ला सदस्य ऐसेलुखर्क वडा नं. ३ का अध्यक्ष राजेश राजभन्डारी र अतिथिहरु तरुण दल जिल्ला उपाध्यक्ष सन्जय राई, नेबिसंघ क्षेत्रिय सचिब ईस्वर राई, नेबी संघ जिल्ला सदस्य प्रतिक आचार्य, तरुण दल दिरुम नगर सचिब बिधान थापा, दिक्तेल क्याम्पस नेबीसंघ इकाई सभापति सुमन आचार्य सहित कार्यकर्ता र सर्वसाधारण समेतको बाक्लो उपस्थिती थियो।
शनिवार नेपाली काङ्ग्रेसको केन्द्रिय सर्कुलर अनुसार ७५३ वटै पालीकामा काङ्ग्रेस विरोधमा उत्रिएको हो। त्यसैगरी खोटाङका १० वटै पालीकामा समेत र्याली सहित विरोध सभाको आयोजना गरिएको थियो।
मागदाबी नै नगरिएको विषयमा फैसला काठमाडौँ। एकैखाले नाम भएका दुई दलबीचको विवाद निरूपणका क्रममा दल दर्ता प्रक्रिया नै निस्तेज हुने गरी सर्वोच्च अदालतले विवादास्पद फैसला …
सर्वोच्चको फैसलाले ओली सरकार र एकीकरणपछिको नेकपाको अस्तित्वलाई एकै पटक संकटमा पारेको छ, सबैभन्दा अप्ठ्यारोमा नेपाल र उनको समूहका सांसद छन् । अहिले हामी दलविहीन …
काठमाडौँ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । …
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नामको विवादलाई लिएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट …