तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सशस्त्र द्वन्द्वकालका हत्या गरिएका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीका परिवारले हत्या भएको १९ वर्षसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन्।

शिक्षक स्व मुक्तिनाथ अधिकारीको १९औँ स्मृति दिवसका अवसरमा आज एम्नेष्टी इन्टरनेशलन र मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आज सशस्त्र द्वन्द्वकालका गम्भीर मानवअधिकार उलङ्घनका पीडितलाई सरकारले न्याय दिलाउन जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरेको हो।

कार्यक्रममा स्व अधिकारीका छोरा सुमन अधिकारीले राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुगिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको बताए। राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उनको भनाइ थियो।

सशस्त्र द्वन्द्वकालमा गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितलाई न्याय दिन तथा पीडकलाई कारबाही गर्न भनी सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भए पनि आयोगले न्याय दिन नसकेको उहाँको गुनासो छ।

पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका अधिकारीको विसं २०५८ माघ ३ गते आजकै दिन हत्या गरिएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …