तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कञ्चनपुर । बेलडाँडी गाउँ कार्यसमितिले सरकारविरुद्ध चौवन्नी बजारमा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ । चौवन्नी बजारमा गरिएको प्रदर्शनको दृष्य भने अन्य स्थानको भन्दा केही फरक थियो ।

बेलडाँडी गाउँ कार्यसमितिको आयोजनामा भएको विरोध प्रदर्शनमा कांग्रेसका नेता–कार्यकर्ताहरु बयलगाडासहित र्‍यालीमा उपस्थित भएका थिए । सामान्यतया बयलगाडामा जोडी गोरु वा जोडी रागा नारिएका हुन्छन् ।

तर, बेलडाँडीका कांग्रेस नेता–कार्यकर्ताहरु भने एक गोरु र एक रागा नारेर बयलगाडासहित प्रदर्शनमा उत्रिएका थिए । गोरु र रागा नारेर प्रदर्शनमा ल्याइएको बयलगाडा हाँकी रहेका थिए, सचिन कठायत ।

उनी नेपाल तरुण दलका बेलडाँडी गाउँकमिटी सचिव हुन् । सचिव कठायतले गोरु र रागा नारेर बयलगाडासहित प्रदर्शनमा उत्रिनुको कारण खुलाउँदै भने, “जसरी एउटै गाडामा गोरु र रागा नारिदैन, त्यसलाई अस्वाभाविक मानिन्छ नि हो त्यसैगरि एमाले र माओवादीबीचको पार्टी एकता पनि अप्राकृतिक थियो । हामीले गोरु र रागा नारेर तत्कालीन एमाले र माओवादीबीचको गठबन्धनलाई चित्रित गर्न खोजेका हौं ।”

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …