काठमाडौं ।नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाले आज भएको देशभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शनमा व्यापक सहभागि हुनुभएका सबैलाई बधाई तथा आभार व्यक्त गरेका छन ।
शनिबार एक बिगप्ती जारी गर्दै भनेका छन प्रधानमन्त्री के पी . शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद , कुशासन र भ्रष्टाचार विरुद्ध आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको छ ।
गाउँ / नगर कार्यसमितिका साथीहरूसंगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीको सबै तहका आदरणीय साथीहरू , भातृ र शुभेच्छुक संस्थाका साथीहरू , पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछ । पुस १३ र पुस २५ को प्रदर्शनमाझे आजको प्रदर्शनमा पनि सामाजिक संजाल मार्फत स्वतस्फूर्त रुपमा सकृय भूमिका निर्वाह गर्ने युवाहरुलाई विशेष बधाई ज्ञापन गर्दछु जारी बिज्ञप्तिमा उल्लेख छ ।
निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पुयाउनु हुने आदरणीय पत्रकार मित्रहरूमा नेपाली कांग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गर्दै पूर्व घोषणा अनुरुप माघ ८ गते ७५३ पालिकाहरुका ६,७४३ वडामा हुने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपील गरेका छन।
मागदाबी नै नगरिएको विषयमा फैसला काठमाडौँ। एकैखाले नाम भएका दुई दलबीचको विवाद निरूपणका क्रममा दल दर्ता प्रक्रिया नै निस्तेज हुने गरी सर्वोच्च अदालतले विवादास्पद फैसला …
सर्वोच्चको फैसलाले ओली सरकार र एकीकरणपछिको नेकपाको अस्तित्वलाई एकै पटक संकटमा पारेको छ, सबैभन्दा अप्ठ्यारोमा नेपाल र उनको समूहका सांसद छन् । अहिले हामी दलविहीन …
काठमाडौँ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । …
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नामको विवादलाई लिएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट …