तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

संरक्षण अभावमा जीर्ण बनेको गलकोट नगरपालिका–५ बसाहफाँट र वडा नम्बर ६ मजुवाफाँट जोड्ने झोलुङ्गे (राजाको) पुल पुनःनिर्माण गरिएको छ ।

चौबीसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा बनेको उक्त झोलुङ्गे पुल अहिले पनि ‘राजाको पुल’ ले चिनिन्छ ।

वडा नम्बर ५ का वडाध्यक्ष नारायणध्वज मल्लका अनुसार सो झोलुङ्गे पुल विसं १९९० को दशकमा निर्माण गरिएको थियो । पुल पुनःनिर्माणका लागि गलकोट नगरपालिकाले गत आवमा रु नौ लाख बजेट विनियोजन गरेको थियो ।

अपुग रकम स्थानीयवासीबाट जुटाएर कूल रु १४ लाखको लागतमा पुलको पुनःनिर्माण गरिएको वडाध्यक्ष मल्लले बताए । “बन्दाबन्दीले गर्दा सामानको ढुवानी सहज थिएन, केही सामग्री पुरानै पुलका प्रयोग ग¥र्यौँ, केही यही बनायौँ, जसले गर्दा पुलको लागत पनि घट्यो”, उनले भने ।

झोलुङ्गे पुल बनाउने बागलुङको रैथाने प्रविधि पनि संरक्षण होस् भनेर पुलको माथिको लठ्ठा पुरानै प्रयोग गरिएको छ । आधुनिक प्रविधि आउनुपूर्व स्थानीय कालिगढले आरानमा फलाम गालेर पुलका लागि साङ्ले लठ्ठा बनाउँथे ।

परम्परागत सीप र प्रविधिबाट बनेका पुल अहिले पनि गाउँबस्तीतिर देख्न पाइन्छ । ‘राजाको पुल’ पुनःनिर्माणपछि आउजाउ सहज बनेको छ । विद्यार्थीसहित सर्वसाधारण गरी दैनिक सयौँ जना पुल वारपार गर्छन् ।

अस्तित्व सङ्कटबाट गुज्रेको पुलले पुनःनिर्माणपछि मुहार फेरेको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । “पुल एकदमै जीर्ण थियो, हामी आएपछि वर्षेनी मर्मतसुधार गर्दै आएका थियौँ”, उनले भने, “अहिले नगरपालिकाकै मुख्य लगानीमा पुल पुनःनिर्माण गरिएको छ ।”

उनले इतिहाससँग जोडिएकाले पनि उक्त पुलको संरक्षण गर्नु नगरपालिकाको दायित्व हुने उल्लेख गरे । नगरप्रमुख गैरेले आफू सानो छँदैबाट उक्त पुललाई ‘राजाको पुल’ भनेर चिन्ने गरेको सुनाए । स्थानीय सीप, स्रोत र साधानको परिचालनका कारण पुलको पुनःनिर्माण समयमै सकिएको उनको भनाइ छ ।

दरमखोलामाथि रहेको उक्त झोलुङ्गे पुललाई विसं २००६ मा आएको बाढीले क्षति पु¥याएपछि त्यसबेला पनि पुनःनिर्माण गरिएको थियो ।

पछि विसं २०३५ मा पनि बाढीले आंशिक क्षति पु¥याएपछि बुटवलबाट लठ्ठा ल्याएर पुल बनाइएको वडाध्यक्ष मल्लले बताए । “विसं २०३५ पछि अहिले आएर पुनःनिर्माण गरियो”, उनले भने । जिल्लामा यो वर्ष ३१ झोलुङ्गे पुल निर्माणको चरणमा छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छन् । तीनै तहका सरकारको लगानी र समन्वयमा झोलुङ्गे पुल निर्माणको काम हुन्छ ।

झोलुङ्गे पुल निर्माणमा व्यवस्थापकीय र सामाजिक परिचालनका काममा सघाउँदै आएको भिमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले गत वर्ष गरेको सर्वेक्षणअनुसार जिल्लामा ४१४ झोलुङ्गे पुल छन् ।

तीमध्ये जीर्ण भएका पुल हटाएर १९२ नयाँ बनाउनुपर्ने र ३० बृहत् मर्मत गर्नुपर्ने अवस्थामा छन् । यस्तै नौ पुराना पुल संरक्षण गर्नुपर्ने अवस्थामा छन् ।

सुरक्षित झोलुङ्गे पुल १५८ भन्दा बढी छन् भने २५ पुल प्रयोगविहीन छन् । बागलुङलाई ‘झोलुङ्गे पुलको जिल्ला’ भनेरसमेत चिनिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …