तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पर्वत । पर्वतको शंकरपोखरीमा आयोजीत शहिद हरीदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै सभापति देउवाले संसद विघटन सम्बन्धि मुद्धालाई सडकमा आन्दोलन गरेर प्रभावित गर्न नहुने धारणा राखेका हुन् ।
देउवाले सडकबाट नै माग पुरा गराउने हो भने, अदालतको औचित्य सकिने समेत बताए । संसद विघटन गर्नु गल्ती भएपनि अदालतले दिने निर्णय कांग्रेसले स्विकार गर्ने देउवाको भनाई थियो ।

उनले विचारधिन मुद्धामा सडकमा निस्केर यस्तो निर्णय गर भन्नु लोकतन्त्रको मर्म विपरित रहेको तर्क गरे । स्वतन्त्र न्यायपालिकालाई आफै काम गर्न दिनुपर्ने धारणा राख्दै देउवाले स्वतन्त्र न्यायपालिकाको पक्षमा नेपाली कांग्रेस ढृद रहेको तर्क गरे । उनले अदालतले चुनावमा जाने निर्णय गरेको खण्डमा चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

उनले भाषण गरेर भन्दा जनताको घरदैलोमा गएर कार्यकर्तालाई पाटीमा आकर्षित गर्न सकिने चुनावी रणनीति पनि सुनाए । सभापति देउवाले अदालतले चुनावमा जाने निर्णय दिए पनि प्रधानमन्त्री केपी ओलीले चुनाव गराएनन भने उनी जनताबाट भाग्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

अदालतले २ बर्ष पछि निर्वाचन गर्ने गरी संसद पुर्नस्थापना गरे पनि २ बर्ष पछि हुने निर्वाचनको तयारीमा कांग्रेस अहिल्यैबाट लाग्नुपर्ने देउवाको भनाई छ । उनले पाटी एक भएर निर्वाचनमा जानुपर्ने धारणा राख्दै आफू सभापति भएको नाताले पाटी भित्र सवैलाई मिलाउने मुख्य दायित्व भने आफ्नै रहेको बताए । देउवाले एकताबद्ध कांग्रेसले मात्र चुनाव जित्ने भन्दै नेकपा जस्तै पाटी विभाजनमा नलाग्न नेताहरुलाई आग्रह गरे ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …