तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

चौतारा। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन वा पुनस्र्थापना जे भए पनि अदालतको निर्णयको पर्खाइमा काँग्रेस रहेको बताउनुभएको छ । सडकमा आन्दोलन गरेर र धम्क्याएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको स्पष्ट गर्दै उहाँले अदालतको फैसला काँग्रेसलाई मान्य भएको बताउनुभयो ।

काँग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकको बाह्रबिसे–३ मा आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्नुहुँदै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक भए पनि अदालतबाट आउने फैसला मान्न काँग्रेस तयार रहेको बताउनुभयो ।

अहिले मुद्दा अदालतमा विचाराधीन छ, काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले यसो गर, उसो गर भनेर दबाब दिँदैन,’’ उहाँले थप्नुभयो, अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेछ भने हामी ससंद्मा सशक्त रूपमा प्रस्तुत हुन्छाँै, चुनावमा जाने निर्णय गरेछ भने चुनावमा भाग लिन्छाँै र त्यसका लागि तयारी पनि गर्छौं ।

काँग्रेस सधैँ स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको बताउनुहुँदै सभापति देउवाले अदालतलाई पक्ष वा विपक्षमा फैसला गर्न सडक सङ्घर्ष नगर्ने देउवाले प्रस्ट पार्नुभयो ।

स्वतन्त्र निकायलाई स्वतन्त्र रूपमा नै निर्णय गर्न दिनुपर्छ, न्यायालयलाई कुनै पनि रूपमा प्रभावित बनाउन नहुने उहाँको भनाइ छ ।असंवैधानिक कदमको विरोधमा काँग्रेसले अहिले देशभर कार्यक्रम गरिरहेको बताउनुहुँदै उहाँले निर्वाचन हुने अवस्था आए तयार रहन कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …