तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ। तरुण दल खोटाङको आयोजनामा खोटेहाङ् गाउँ पालिका १ लिकुवा पोखरीमा पौष १६ गतेबाट शुरु भएको पुरुष तथा महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।  

नेपाल तरुणदल क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ खोटाङको आयोजनमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता साथै एकल नृत्य महिला अत्यन्तै रोमाञ्चित र शान्तिपूर्ण ढंगले सम्पन्न भएको तरुण क्षेत्रीय उपाध्यक्ष दिनेश राईले बताउनुभयो ।

प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अथिति नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य रवि प्रकाश राई बिशेष अथिति   महाधिवेशन प्रतिनिधिद्वय  वीरकाजी राई, भुपेन्द्र राई , काँग्रेस खोटाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराई , उपसभापति चण्डीराज राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राई , नेविसंघ खोटाङका वरिष्ठ उपाध्यक्ष नइन्द्र राई , तरुण दल क्षेत्र नम्बर २ का उपसभापति दिनेश राई , क्षेत्र नम्बर २ का अध्यक्ष सुरेश राई, नेविसंघ खोटाङका  सदस्य प्रतीक आचार्य, वडा अध्यक्ष पुर्णबहादुर खड्का , पार्टीका गाउपालिका सचिव राजकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो।

तरुण दल क्षेत्र नम्बर २ खोटाङका अध्यक्ष सुरेश राईको सभापतित्वमा भएको उक्त प्रतियोगितामा प्रमुख अतिथि राईले खेलाडी तथा नृत्य प्रतियोगितामा सफलता हासिल गर्नेलाई हार्दिक बधाई तथा आगामी दिनमा अझै सफलता मिलोस् भन्दै मन्तब्य राख्नुभएको थियो।

प्रतियोगितामा पुरुस तर्फ प्रथम भोजपुर जिल्लाका आपचौक गाउँ पालिकाका प्रथम थिरिङ्खा तथा द्वितीय देवानटारलाई क्रमशः ५०.०००/- र ३००००/- हजार पुरस्कार साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै  तेस्रो पुरस्कार दिप्रुङचुम्मा  वडा नं.-५ , सप्तेश्वरले १५,०००/- सहित मेडल, प्रमाणपत्र हात पारेको छ ।

महिला भलिवलतर्फ भोजपुर बासिखोरा प्रथम २० हजार पुरस्कार मेडल र प्रमाणपत्र , द्धितिय भोजपुर कै आमचौकले १० हजार र तृतिय खोटाङको स छितापोखरीले ५ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्  । त्यसै गरि एकल नृत्य महिलातर्फमा प्रथम पुरस्कार भोजपुरकी मनिषा बान्तवा राई १० हजार साथै मेडल र प्रमाणपत्र र दोस्रो पुरस्कार भोजपुरकै अस्मिकला राई  ५ हजार साथै मेडेल र प्रमाणपत्र त्यसैगरी तेस्रो पुरस्कार खोटाङ याम्खाकी  मनिता राईले ३ हजारका साथै मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको तरुण दलका अध्यक्ष सुरेश राईले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन नेपाल तरुण  दल क्षेत्र नम्बर २ खोटाङका अध्यक्ष सुरेश राईको सभापतित्वमा भएको कार्यक्रम काँग्रेस खोटाङ जिल्ला पार्टी सभापति नरेश कुमार श्रेष्ठ प्रमुखअतिथि साथै विशिष्ट अतिथिमा काँग्रेस खोटाङका पुर्व सभापति बिष्णु कुमार राई, महासमिति सदस्य रवि प्रकाश राई, र बिनोद बानतावा रहेको तरुण दल क्षेत्र नम्बर २ उपाध्यक्ष दिनेश राईले आगमन खबरलाई जानकारी दिए ।  

प्रतियोगितामा महाधिवेशन प्रतिनिधि भुपेन्द्र राई, जिल्ला सदस्य निसान राई, नेपाली काँग्रेस खोटाङका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राई, नेविसंघ खोटङका अध्यक्ष राजकुमार बस्नेत, नेविसंघ खोटाङका वरिष्ठ उपाध्यक्ष नइन्द्र राई, सदस्य लगायले कार्यक्रमलाई सम्बोधन गर्दै  प्रतियोगितामा सहभागी हुनुहुने सबै खेलाडी र नृत्य हरुलाई   शुभकामना सन्देश दिएका थिए ।

त्यसैगरी तरुन दल खोटाङका उपाध्यक्ष काजिमान राईले कार्यक्रममा उपस्थित अतिथि गण खेलाडी तथा अन्य महानुभावलाई स्वागत गर्दै भन्नुभयो नेपालीको लोकतान्त्रिक आन्दोलन २०१७ सालमा  तत्कालीन राजा महेन्द्रले अपहरण गरेपछि उक्त कदमको बिराध गर्दै वीपी कोइराला पन्चायति ब्यावस्था बिरुद्र  विभिन्न प्रकारका आन्दोलन अगाडि बढाउनु भयको स्मरण  गर्दै  लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न  जनताको सर्वभौम अधिकार स्थापित गराउन लामो समय भारत निर्वासन जीवन बिताएका वीपी नेपालको अस्थिरता माथि घुवा बोली राष्ट्रमाथि नै खतरा आएको भन्दै आफ्नो जीवनको समेत प्रवाह नगरि चुनौतीपुर्ण अवस्थामा २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लियर नेपाल फर्किनु भयको महत्त्वपूर्ण दिनको अबसर पारेर राखिएको भलिबल प्रतियोगिता कार्यक्रम शुभरम्भ गरिएको  तरुण दलका क्षेत्रीय अध्यक्ष सुरेश राईले बताए।

प्रतियोगितामा सहभागी भएका प्रतिभाशाली २ जना क्रमश  रीता रनपहेली र उषा परियारलाई १ नं. प्रदेश नृत्य कलाकार संघले १ महिनासम्म निशुल्क तालिम र बस्ने खाने व्यवस्था गर्ने  प्रदेश निर्देशक सुसन घिमिरेले बताए। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …