तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोटी । डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि गरेको हत्या अभियोगमा पक्राउ परी उमेर कम भएका कारण पुर्पक्षका लागि उनलाई जिल्ला बालसुधार केन्द्र डोटीमा राखिएको थियो ।

पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण देखिएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएका बोहरा गए राति ११ बजे बेपत्ता भएको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

उनले भने, “कोरोना सङ्क्रमण देखिएपछि राजेन्द्रलाई हामीले अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेका थियौँ, राति एकाएक बेपत्ता भएपछि खोजी गरिरहेका छौँ, फेला परेका छैनन् ।” बेपत्ता भएका बोहराको खोजीका लागि जिल्लाका प्रहरी प्रमुख पाण्डेय, प्रहरी नायब उपरीक्षक मल्ल, निरीक्षक कान्तिराज जोशीसहितको प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

फरार भएका बोहराले सम्झना विकलाई बलात्कार गरी हत्या गर्नुपूर्व मष्टा गाउँपालिकाकै १४ वर्षीया अर्की बालिकालाई पनि जबर्जस्ती करणी गरेका थिए । उक्त करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । फरार बोहराको खोजीका लागि यहाँका विभिन्न नाका तथा यातायातका साधन जाँचमा प्रहरीले गए रातिदेखि कडाइ गरेको छ भने व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …