तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ। नेपाल विद्यार्थी संघ खोटाङ र नेपाल तरुण दल खोटाङको संयुक्त आयोजनामा कांग्रेस नेता रामचन्द्र पौडेलका साथै तनहुँ कांग्रेस नेताहरूको गिरफ्तारी र अराजक तथा अधिनायक ओलीतन्त्रको बिरोधमा खोटाङ सदरमुकाम दिक्तेल बजारमा राँके जुलुस प्रदर्शन गरेको छ 

जुलुसमा महासमिति सदस्य रविप्रकाश राई, नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्यहरु सुमनबाबु आचार्य, प्रकाशकुमार श्रेष्ठ, डिल्लीकुमारी आचार्य, उमेशचन्द्र आचार्य, नेपाली कांग्रेसका क्षेत्रीय सभापति तीर्थराज भट्टराई, नेपाल तरुण दल खोटाङका अध्यक्ष भीषण राई, उपाध्यक्ष सञ्जयकुमार राई,  नेपाल विद्यार्थी संघ खोटाङ उपाध्यक्ष गोमा राई, सहसचिव किसन भुजेल, नेपाल विद्यार्थी संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति मोतिचन्द्र राई, नेपाल विद्यार्थी संघ दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस इकाई सभापति सुमन आचार्य लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

सरकारको निर्देशनमा प्रहरी प्रशासनबाट अधिनायकवादी शैलीमा लोकतन्त्रको उपहास गर्दै कांग्रेसका नेता कार्यकर्तालाई प्रहरी नियन्त्रणमा लिएको भन्दै दिक्तेल वजारमा राँकेजुलुस सहित विरोध र्यालि निकालेर त्रिवेणीचोकमा समापन गरिएको नेविसंघ जिल्ला कार्य समिति खोटाङका सहसचिव किसन भुजेलले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै भुजेल यस्ता किसिमका गतिविधि हरु सरकारले गरिरहे नेपाल विद्यार्थी संगठनले सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …