तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रेपलाञ्चोक। पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मंगलवार उनले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर विकास निर्माणमा पार्टी–पार्टी र आन्तरिक प्रतिस्पर्धा भने हुनुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटाले नेकपामा होहल्ला मात्रै भएको भन्दै अन्तिममा केही नहुने बताए । नेकपालाई ठूलो घरको संज्ञा दिँदै उनले भने, ‘नेकपा ठूलो घर हो, अहिले कल्याङकुलुङ मात्रै बढी भएको हो, केही हुनेवाला छैन, कोही कसैलाई हल्ला गर्दा ‘केही झर्ला कि’झैं लागेर मुख मिठ्याउन पाइन्छ होला भन्ठानेर गर्‍या हल्ला हो यो, यसको कुनै औचित्य छैन, हल्ला गर्नेले २ वर्षपछि मात्रै विचार गर्नू ।’

प्रतिपक्षी पार्टीमा पनि विवाद भइरहेकाले लोकतन्त्रमा पार्टीभित्र पनि केही विवाद हुनु स्वाभाविक रहेको उनको तर्क थियो । प्रतिस्पर्धाको युग आइसकेकाले पार्टीभित्र विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो । उनले विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास निर्माणमा मिलेर सुख र समृद्धिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।

पूर्वमन्त्री बाँस्कोटाले श्रम संस्कृतिलाई अपमान गर्नु हुँदैन भन्दै नेपालमै खाद्यान्न र आवश्यकताका वस्तुको उत्पादनतर्फ लागेर थप रोजगारी सिर्जना गर्नुपर्ने बताए । ‘कृषिलाई आधुनिकीकरण गर्दै औद्योगिकीकरणतर्फ लाग्ने र प्रविधिमार्फत श्रम बचाएर अन्यत्र नयाँ उत्पादनका काममा प्रयोग गर्नुपर्छ, अब ड्रोनमार्फत घरमै बसेर खेतबारीमा पानी र औषधि छर्नेतिर लाग्नुपर्छ,’ उनले भने । उनले सबै स्थानीय तहमा शीतभण्डारको आवश्यकता औंल्याए ।

नेपालको ४ हजार अर्बको समग्र उत्पादनमध्ये कृषिबाट २९ प्रतिशत मात्र भएको उनको भनाइ थियो । उनले भक्तपुर–पाँचखाल सुरुङमार्गको अध्ययन शुरू भएको बताए । ‘प्रधानमन्त्रीले पनि सुरुङ युग शुरू भइसक्यो भन्नुभएको छ, यसका लागि सम्भाव्यता अध्ययन भइरहेका छन्, मानिसले समयाभावका कारण गर्न खाजेको काम गर्न नपाउँदै मर्ने अवस्था आउँछ त्यसैले सुरुङमार्गको अवधारणा ल्याएका हौं,’ उनले भने । उनले ठूला कुरा नगरी सुशासनलाई व्यवहार र सिद्धान्तमा देखाउनुपर्छ भन्दै काम गरेर बजेट फिर्ता नपठाउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।

कार्यक्रममा नगर उपप्रमुख निर्मला शाही, नेकपाका जिल्ला नेताद्वय विदुरप्रसाद सापकोटा र रिता ढकाल, वडाध्यक्षद्वय झलकप्रसाद पौडेल र विष्णुमणि नेपाल, चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सुमन नेपाल लगायतले चक्लाबन्दी तथा सामूहिक खेतीले कृषिप्रति आकर्षण बढाएर श्रम जोगाई उत्पादन वृद्धितर्फको यात्रामा अघि बढाउने विचार व्यक्त गरे ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …