तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिनेश अर्याल

स्याङ्जा। आगामी मंसिर १३ गते हुन गईरहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन। उनले चन्द्र्  ढकालको प्यानलबाट जिल्ला नगरको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन।

स्याङ्जाको वालिङ-१० मा २०५५ सालबाट व्यवसाय सुरु गरेका पौडेल वालिङका एक अनुशासित ईमान्दार र स्थापित व्यवसायिको रुपमा चिनिन्छ्न।

उद्योग व्यवसायिका समस्याहरुप्रती गम्भीर, पौडेल २०६५ सालबाट संस्थागत रुपमा वालिङ उद्योग वाणिज्य संघको सदस्यको रुपमा रहि र २०७२ सालबाट हालसम्म अध्यक्षको रुपमा कार्यसम्पादन गर्दै आएका छन।
नेपाल सरकारले अर्थतन्त्रका तिनवटा खम्बाहरुमध्ये निजि क्षेत्रलाई एउटा खम्बाको रूपमा स्विकार गरेको छ।

निजि क्षेत्रको व्यबस्थित विकाशबिना अर्थतन्त्र चलायमान हुन नसक्ने र वर्तमान अवस्थामा साना तथा मझौला उद्दोगी व्यबसायिहरुका तमाम समस्याहरु जिल्ला र नगरमा छन, ती समस्याहरुको समाधान गर्दै साना तथा मझौला व्यवसायिहरुलाई स्थापित गर्नु अहिलेको मुख्य आवश्यकता हो। जिल्ला र नगरका तिनै समस्याहरुलाई निजि क्षेत्रको एउटा पवित्र संस्था नेपाल उद्योग वाणिज्य महासंघतर्फमार्फत विभिन्न निकायहरुमा समन्वय गर्दै समाधान गरि अगाढी बढ्नका निमित्त आफ्नो उम्मेदवारी भएको कुरा पौडेलले बताए। साथै लाखौलाख उद्योगि व्यबसायिहरुको आशाको केन्द्रको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघलाई क्रीयाशिल र ब्यवसायिहरुप्रती उत्तरदायी बन्नैपर्ने अवस्था भएको कारणले सो को लागि पनि आफुले उम्मेदवारी दिएको कुरा पौडेलले बताए।

लामो समयदेखी ब्यवसायिक क्षेत्रमा क्रीयाशिल पौडेल ब्यवसायिहरुका समस्याप्रती जानकार रहेको र आफू नेतृत्वमा हुँदै गर्दा वालिङमा प्रदेशस्तरका दुई ठुला महोत्सवहरु सफलतापुर्वक सम्पन्न गरेका थिए। ब्यवसायी लक्षित कार्यक्रम, सचिवालयको व्यबस्थापन, ५३ औँ वार्षिक साधारणसभा बाट वालिङ उद्योग वाणिज्य संघ पुरस्कृत, ब्यवस्थित सचिवालय भवनको निर्माण, विभिन्न सामाजिक संघसंस्था , राजनितिक दल र स्थानीय सरकारसङ्गको राम्रो सहकार्यले वालिङ उद्योग वाणिज्य संघको गरिमा र प्रतिष्ठा उच्च बनाउन सफल रहेको र केन्द्रमा पनि पहुँच स्थापना गर्नको निमित्त संघका अध्यक्षलाई सर्वसम्मत रुपमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लगाएको कुरा संघका कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठले बताउनुभयो।
साथै समग्र स्याङ्जा र वालिङको प्रतिष्ठाको विषय पनि भएको कारणले हामी सबै हामी सबै मिलेर उहाँलाई विजयी बनाउनका लागि आग्रहसमेत गर्नुभयो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …