तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की, पाेखरा महानगरपालिका–२४, पुम्दीकोटमा निमार्णाधीन नेपालकै अग्लो शिव मुर्तिको ४५ प्रतिशत काम समपन्न भएको छ ।

पर्यटकीय राजधानी पोखरालाई धार्मिक पर्यटकीय शहरको रुपमा चिनाउन नेपालकै अग्लो दावि गरिएको पद्मासनमा बसेका शिवको ५१ फिट अग्लो मुर्ति बनाउन लागिएको हो मुर्ति पूर्णरुपमा भने १ सय ८ फिटको रहनेछ । अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ ।

अबको दुई वर्षभित्र सम्पुर्ण काम सम्पन्न हुन्छ’, शिव मुर्ति निमार्ण समितिका अध्यक्ष चन्द्रकान्त बरालले भने । भारतको मथुराबाट ल्याइएको मुर्ति हाल राख्ने काम भइरहेको उनले बताए ।

यस्तै मुर्तिबाहेक त्यहाँ प्रयोग हुने सम्पुर्ण ढुङ्गा सोही क्षेत्रको हो । सोहि क्षेत्रको ढ्ङ्गा प्रयोग गर्दा स्थानीयले रोजगार पाएको स्थानीय सुशिलप्रसाद बरालले जानकारी दिए । ‘यहीँको ढुङ्गा हातले कुुदेेर परम्परागत  शैलीमै काम गरिरहेका छाै। यसले यहाँका स्थानीयले रोजगारीसमेत पाएका छन् । उनले भने  कास्कीका विभिन्न डाँडाहरु पर्यटनको लागि परिचित रहँदा शान्ति स्तुपसँगै जोडिएको सो डाँडासमेत नयाँ पर्यटकीय गन्तव्यको रुपमा आउनेछ ।

४० करोडको लागतमा मुर्ति बनेपछि पोखरामा धार्मिक पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको छ । पोखराबाट १३ किलोमिटरको दूरीमा रहेको उक्त क्षेत्रमा सवारीबाट जाँदा आधा घण्टाजति लाग्दछ ।

मुर्तिको वरिपरि १ सय ८ शिवलिङ्ग निमार्ण भइसकेका छन । मुर्तिलाई डाईमार्फत गणेशले परिक्रमा गरिरहने छ । त्यस्तै ध्यान केन्द्र, स्मृति पार्क , शहीद स्मारक पार्क लगायतका पूर्वाधार पनि बनाइएको छ ।

१८ रोपनी क्षेत्रफलमा रहेको क्षेत्रबाट माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमश्रृखला, फेवाताल, पोखरा, सराङकोट, विश्वशान्ति स्तुपलगायत मनोरम दृष्यावलोकन समेत गर्न सकिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …