तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

२०२१ को फिफा रेफ्रीको सूचि सार्वजानिक भएको छ । एन्फाले सार्वजानिक गरेको फिफा रेफ्रीमा प्रकाशनाथ श्रेष्ठ, नविन्द्र महर्जन, प्रज्वल क्षेत्री, कविन व्यन्जनकार र अन्जना राई (महिला) रहेका छन ।

असिस्टेन्ट रेफ्रीहरुमा भने नानीराम थापामगर, माधव खत्री, युनल श्रेष्ठ, सहदेव श्रेष्ठ, विक्रम चौधरी, किशन यादव र विना श्रेष्ठ (महिला) रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजानिक गरेको नयाँ सूचिमा नेपालका चर्चित रेफ्री सुदिश पाण्डे भने यसपालि अटाएनन् । नेपाली फुटबलमा कडा रेफ्रीका रुपमा चिनिएका सुदिश पाण्डेसँगै श्रवण लामाको नाम यस पटकको नामावलीमा छैन ।

उनीहरुको स्थानमा प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री परेका छन । एन्फाको रेफ्री समितिले फिटनेस र मेडिकल टेस्टपछि नामावली स्वीकृत गरेको हो । असिस्टेन्ट फिफा रेफ्रीतर्फ रोजेन श्रेष्ठ र पदम भुजेल यो वर्ष अटाएनन् ।

विक्रम चौधरी र किशन यादव सूचिमा परेका छन् । महिलातर्फ अस्मिता मानन्धरको स्थानमा अन्जना राईले फिफा रेफ्रीको भूमिका पाएकी छिन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …