तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

ताप्लेजुङ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताएका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषयको अध्यापनको शुभारम्भ गर्दै उनले भने, ‘पर्यटनका हिसाबले नेपाल अथाह सम्भावना भएको मुलुक भएकाले यहाँको पर्यटन प्रवद्र्धन र विकासका लागि पर्यटन र पर्वतारोहण सम्बन्धी शिक्षा आजको अवश्यकता हो ।

मन्त्री भट्टराईले हिमालै हिमाल भएको देश नेपालमा हिमाल आरोहणका लागि बर्सेनि हजारौंको संख्यामा विदेशी पर्यटक आउने र स्वदेशी पर्यटकले समेत हिमाल चढ्ने भएकाले यसमा चासो राख्नेका लागि मुलुकका विभिन्न स्थानमा ती विषयको पठनपाठन सञ्चालन गर्न जरुरी देखिएको बताउँदै मुलुकका केही विद्यालयले यस विषयको अध्यापन शुरू गरिसकेको जानकारी दिए ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नारायणी माध्यमिक विद्यालयबीच ११ र १२ कक्षामा यो विषयको अध्यापनका लागि शनिवार मात्रै सम्झौता भएको बताइएको छ । स्थानीयस्तरमा नै पर्यटन विषयको पढाइ शुरू हुने भएपछि स्थानीय उत्साहित भएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …