तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ-शनिबारदेखि सञ्चालन हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न देशका निर्णायकले खेलाडीको मूल्याङ्कन गर्ने भएका छन् ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालसहित भारत, म्यानमा र अस्ट्रेलियाका निर्णायकले खेलाडीको मूल्याङ्कन गर्ने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए। उक्त च्याम्पियनसिपमा नेपालका रवीन्द्र मल्ल, भारतका अतुल पानगोत्रा, म्यानमाका अनुक न्यान तथा अस्ट्रेलियाका रियानलले निर्णायकको भूमिका निर्वाह गर्नेछ ।

सो च्याम्पियनसिपमा प्राविधिक टोलीको नेपालका कविराज खड्गीले गर्नुहुने घिसिङले बताउनुभयो । उक्त टोलीलाई राष्ट्रिय निर्णाक बब्लु सिवाकोटी, अर्जुनभक्त राई, राजकुमार लामा, टिकादत्त दाहाल र गोपाल भण्डारीले सहयोग गर्नेछ।

दुई दिनसम्म सञ्चालन हुने सो च्याम्पियनसिपमा नेपालसहित १९ देशका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका एक सय ९० तथा भारत, हङकङ, मलेसिया, श्रीलंका, म्यानमा, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले प्रतिष्पर्धा गर्ने संयोजक घिसिङले जानकारी दिए।

प्रतियोगिता युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा हुन लागेको हो । उक्त च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला र पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको आयोजकले जनाएको छ ।

रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …