तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका । गिरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको थापनाकालदेखि नै निरन्तर रुपमा सामाजिक कार्यमा सक्रिय भूमिका निर्बाह गर्दै कोरोना भाईरस संक्रमणको अति जोखिम अवस्थामा पनि  समुदायको  सेवामा  निरन्तर रुपमा राहत वितरण  गरेर माहान कार्य गर्दै आईरहेको फाउण्डेशनले कोरोना संक्रमणकालमा राहत वितरण कार्यमा सहयोग पुराउनुहुने सम्पूर्ण  समाजसेबी संघ सस्था साथै संचारकर्मीहरुलाई विभिन्न अवार्डबाट सम्मान गरेको छ ।

फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रियहरुलाई मेम्बर अफ न्युयोर्क एसेम्ली डिष्ट्रिक्ट डेमोक्रेट नोमिनी जेसिका जोन्जालेज रोजासद्वारा अवार्ड वितरण गरेको हो   

फाउण्डेशनले कोभिड-१९ को महामारीको चपेटामा परेका  नेपाली दिदि बहिनी, दाजु भाइ एंव विभिन्न समुदायका मानिस हरुलाई सहयोग गर्दै आएको छ। “सेवा नै धर्म हो” भन्ने मुल नाराका साथ फाउण्डेशनले पचास हजार बक्स भन्दा बढी खाधन्न र पचपन्न हजार ग्यालन भन्दा बढी शुद्व दुध विभिन्न संघ-संस्थाहरु एंव विभिन्न समुदायका लगभग दस हजार भन्दा बढी मानिसहरु माझ वितरण गरि सकेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताउनु भयो।

मार्च महिनाको अन्तिम साता वाट जुलाईको अन्तिम सम्म कोभिड –१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने १ सय १५ जनालाई फाउण्डेसनले अक्टोवर ३१ का दिन विभिन्न अवार्डबाट सम्मान गरेको हो ।

फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा लाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनकि केन्द्रीय अध्यक्ष एंव पुर्व उप-प्रधानमन्त्री मा. सुजाता कोइरालाले कोभिड-१९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड १९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्डबाट सम्मान प्रदान गर्नु भएको छ ।

कोभिड १९ हिरो भोलियन्टियर अवार्डबाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, सह-कोषाध्यक्ष पुनम राना मल्ल, केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रिय सदस्यहरु क्रमशः रामचन्द्र अधिकारी, प्रेम पौडेल, सुर्य सिमखडा, केन्द्रिय सदस्य तथा महिला संयोजक दावा शेर्पा, समाजसेवि रेखा श्रेष्ठ, कोभिड-१९ का जीवन रक्षक लिला राई लगायतका १ सय १५ जनालाई शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी कोभिड १९ हिरोज अवार्डबाट सम्मान गरिएको हो ।

मार्च १५ (महिला दिवस) का अवसरमा दिइने भनिएको अवार्डहरु पनि शनिबार दिइएको थियो । सो अवार्डहरु भने लकडाउनका कारण वितरण गरिएको थिएन । सम्मान पत्रहरु न्युयोर्क राज्यका सेनेटर द्वय जोन सि. ल्यु र लेरोय कामरी, कांग्रेसवुमेन ग्रेस मेङ, न्युयोर्क राज्यका ऐसेमब्ली मेम्बर माईकल डेनडेक्कर, न्युयोर्क सिटिकी काउन्सील मेम्बर ऐड्रियन अडाम्स, न्युयार्क राज्यका ऐसेम्बली मेम्बर डेभिड वेपरिन हरुबाट जम्मा गरी पचपन्न वटा सम्मान पत्रहरु थिए भने फाउण्डेशनको तर्फ वाट भोलियन्टियर्स हरुलाई साठी वटा सम्मान पत्रले सम्मान गरिएको थियो। 

सम्मानित व्यक्तिहरु लाई मेम्बर अफ न्युयोर्क एसेम्ली डिष्ट्रिक्ट ३४ डेमोक्रेट नोमिनी जेसिका गोन्जालेज रोजासद्वारा  वितरण गरिएको थियो । सम्मानित हुने पत्रकारहरु मा क्रमशः कृष्ण रेग्मी, अजय बावु सिवाकोटी, अमृत पाण्डे, बिजय थापा, बिजय राम पौडेल, आङ छिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा(तमाङ), छबिलाल बगाले, के.पि. भट्ट, बिपिन निरौला, मनिषा लामिछाने, दिपक परीयार, सुनिता शर्मा कोइराला, गौतम ढकाल लगायत थिए भने महिला समाजसेविहरु क्रमशः यसै फाउण्डेशन कि केन्द्रीय सदस्य एवं अग्रज नेत्री शारदा क्षेत्री, रमा सिवाकोटि, सुल्तना खनाम, कविता महवुवा, डा. पल्लभि पटेल, न्यान्सी क्लाइन, पुनम राना मल्ल र मुना भण्डारी हरु हुनुहुन्थियो भने फिपनाका सभामुख राजकुमार बिष्ट, फिपनाका अध्यक्ष लोक चेमजोङ, युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाकी अध्यक्ष मुना राई र यसै संस्था न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेजससअका उपाध्यक्ष अनन्त राज सुवेदि, एन.आर.एन अभियन्ता बिष्णु राना मगर, ने.का नेत्री कमला पन्त-न्युयोर्क, एन आर एन न्युयोर्कका अध्यक्ष राम हरि अधिकारी, शेर्पा किदुगका संस्थापक अध्यक्ष सोनम जि. शेर्पा, ग्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, फिपनाकी कोशाध्यक्ष चोन्जोम लामा लगायत लाई सम्मान गरिएको थियो।संघ-सस्थाहरुमा शेर्पा किदुग, फिपना, युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका, ग्याल्सुम्दो सेवा संस्था अमेरिका लाई फाउण्डेशनले सम्मान गरेको थियो।

कार्यक्रममा बोल्दै रोजासले जोखिमपूर्ण अवस्थामा पनि आफ्नो समुदायको लागि खट्नु आफैँमा उत्साहजनक कार्य भएको बताइन् । उनले कोरोनाको जोखिमका बेला पनि नेपाल र अमेरिकामा रहेका नेपालीको चासो राख्दै सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद दिईन। उनले आगामी दिनमा पनि फाउण्डेसनसँग सहकार्य जारी रहिरहने प्रतिवद्धता जनाइन।

कोभिड-१९ हिरोज सम्मान कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा भएको सो कार्यक्रममा आदीवासी जनजाति महासंघ फिप्नाका संघीय परिषदका सभामुख राजकुमार विष्ट, शेर्पा किदुङका अध्यक्ष उर्गेन शेर्पा, जिपी कोइराला फाउण्डेसनका बरिष्ठ केन्द्रिय सदस्य शारदा क्षेत्री लगायतले अफ्ठेरो परिस्थितीका बेला सहयोग गर्नु नै मानवीय धर्म भएको बताए भने सम्मान कार्यक्रममा उपस्थित सबै जनालाई फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामाले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …