तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिम शाह

बझाङ जिल्ला अस्पताल शनिबार मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। जयपृथ्वी नगरपालिका- ८ बारिल घर भएका एक २८ वर्षीय युवकको अस्पताल पुर्‍याएको एक घण्टामै मृत्यु भएको थियो।

उनमा सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखिएकाले कोरोना संक्रमणको आशंकामा नमुना स्वाब संकलन गरी डडेल्धुरा अस्पतालको प्रयोगशालमा पठाइएको थियो।उनको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको थियो।

उनको शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्दीप ओखेडाले बताए।

उनी एक हप्तादेखि अस्वस्थ थिए। ती युवकको मृत्युपछि जिल्ला अस्पताल बझाङले सम्पूर्ण सेवा बन्द गरेको छ। चालकमा कोरोना देखिएपछि गाडी धनीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …