तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं।अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नामबाट नक्कली इमेल आइडी बनाएर गलत तथा भ्रामक सूचनाहरू सम्प्रेषण भएको पाइएको छ । 

अर्थमन्त्री पौडेलको नाममा नक्कली इमेल आईडी बनेको भन्दै उनका निजी सचिवालयले त्यस्ता सन्देशबाट प्रभावित नहुन र मन्त्रीको नामबाट त्यस्तो कुनै सन्देश प्राप्त भएमा मन्त्रीको सचिवालय सम्म पुराएर सहयोग गरिदिन अनुरोध गरेको छ । 

साथै त्यस्ता इमेल आईडीहरूमाथि कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको समेत  सचिवालय सदस्य यम पाण्डेले जानकारी दिएका छन् ।

उनले फेसबूकमा एक स्टाटस लेख्दै भनेका छन्, ‘माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यूको नामबाट नक्कली ईमेल आईडी बनाई  बिभिन्न ब्यक्तिहरुलाई गलत र भ्रामक सन्देशहरु संप्रेषण गरेको पाइएको छ ।त्यस्ता सन्देशबाट प्रभावित नहुन र मन्त्रीज्यूको नामबाट त्यस्तो कुनै सन्देश प्राप्त भएमा मन्त्रीज्यूको सचिवालय सम्म पुराएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । साथै त्यस्ता ईमेल आईडीहरु उपर कानुनी कारबाहीका लागी प्रक्रिया अगाडी बढाइएको पनि जानकारी गराउदछौं ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …