तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अछाम : ढकारी गाउँपालिका ६ मा नेकपाका ७ दर्जन बढी स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली काङ्ग्रेस ढकारी गाउँपालिका ६ ले आयोजना गरेको बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा वडाका बुद्दिजिबि समाजसेबी लगाएत बिगत लामो समयदेखि नेकपामा सक्रिय रही काम गरेका ७ दर्जन बढी स्थानीय नेता तथा कार्यकर्ता काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।

नेपाली काँग्रेस प्रबेश गर्नेमा पुर्व माओवादीका जिल्ला सदस्य तथा जनमुक्ति सेनाका पलाटुन कमान्डर शेरबहादुर थापा,नेपाल कम्युनिस्ट पाटीका पुर्व महिला मोर्चा जिल्ला उपाध्यक्ष ललिता थापा,जनमुक्ति सेनाका पुर्व सेक्सन कमान्डर उपेन्द्र थापा लगायत करिब सात दर्जन बढी नेता कार्यकर्ताहरु काङ्ग्रेसमा प्रवेश भएका हुन् ।

काङ्ग्रेस पाटी सभापति लगायतका नेताहरुले नब प्रबेसीहरुलाइ साधारण सदस्यता बितरण कांग्रेसमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नवप्रवेशीसीहरुले स्थानिय स्तरमा निर्माण हुने उपभोक्ता समितिदेखि सिंहदरबार सम्म भ्रष्टाचारको जालोमा लिप्त कम्युनिस्ट सरकारले मुलुकको समृद्धि बन्ने शब्द भजाएर ब्रम्हलुट मच्चाइ रहेकोले आफुहरु बिरक्तिएर काङ्ग्रेसमा प्रवेश गरेको बताएका छन् ।

त्यस्तै आफुहरुले आस्था गरेको पार्टि नेपाल कम्युनिस्ट पाटीले जनताको नेतृत्व गर्न नसकेकाले देश कै पुरानो र ठुलो दल नेपाली काङ्ग्रेस पाटीमा मात्र विस्वास गर्न सकिने बताएका छन् ।

वडा सभापति लोकबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै नेपालि काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने साथै अवसरहरुलाई समान रुपमा वितरण गर्ने नयाँ पुरानो नभनी भेदभाब नगरिने उनले बताए । नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर आघी बड्न सुझाब दिदै आफू सधै तपाइहरु संग सहकार्य गरेर अघी बड्ने बताएका छन् ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै पुर्व पाटी सभापति पुष्प बहादुर शाहले वर्तमान दुइ तिहाइको सरकार भ्रस्टाचार तर्फ उन्न्मुख भएको बताए । कोरोना भाइरस कोभिड १९ले बिश्व नै आक्रान्त बनेको अवस्थामा नेपालमा पनि जोखिम उच्च रहेको परिस्थितिमा पनि सरकार जनता बचाउन छोडेर भ्रष्टाचारको पछी लागेको बताए । विशिष्ट अतिथिको आसनबाट बोल्दै महासमिति सदस्य बलबहादुर कुवरले मुलुकमा नेकपाको दुईतिहाई बहुमतको सरकारले भ्रष्टचार गर्ने बाहेक जनतालाई केही नदिएकाले गलत कामका विरुद्धमा लाग्न युवाहरु जुट्ने बेला आएको बताए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी,सुरत बहादुर बिष्ट ,जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोपबहादुर रावल ,ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढा ,तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा,नेपाली काङ्ग्रेस जिल्ला आमन्त्रित सदस्य लालबहादुर भण्डारी,द्ववारिका प्रसाद उपाध्याय ,नेपाल तरुण दल जिल्ला अध्यक्ष प्रकाश् साउद ,नेपाल शिक्षक संघ प्रदेश सदस्य रुपानन्द उपाध्याय ,नेपाली काङ्ग्रेस कोरोना अनुगमन विभागले अछाम जिल्ला संयोजक नवराज चलाउने, वडा नम्बर १ का अध्यक्ष भवानी प्रसाद उपाध्याय ,वडा नम्बर ६ का अध्यक्ष नरबहादुर बुढा ,नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारी ,नेबिसंघ अछामका सहसचिव बलराम बिष्ट , लगायतले मन्तव्य राख्नु भएको थियोे । रुपेन्द्र कुमार थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन हरिश थापाले गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …