तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भोजपुर । नेकपाको लालकिल्ला भनेर चिनिनी ओख्रेका १ सय ९३ जना स्थानीय नेकपा समर्थनहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । 

प्रतिनिधि सभा सदस्य सांसद माननीय सुदन किरातीको जन्मथलो रामप्रसादराई गाउँपालिका वडा नं १ ओख्रेमा कात्तिक १ गते औपचारीक कार्यक्रम बिच १ सय ९३ जनाले नेकपा पारित्याग गरी कांग्रेसमा प्रबेश गरेका हुन ।

नव प्रवेशीहरुलाई कार्यविभाजन गरी  हेमन्त राईको अध्यक्षतामा १४ सदस्य मुल कार्यसमिति गठन गरेको छ ।त्यस्तै आकाश राईको अध्यक्षतामा ४६ सदस्य तरुणदल गठन साथै विकि राईको अध्यक्षतामा साविक वडा नं २, संजय तामाङको अध्यक्षतामा साविक वडा नं ३, अनिल कुमार राईको अध्यक्षतामा साविक वडा नं ५, जय कुमार तामाङको अध्यक्षतामा साविक वडा नं ६, सन्दिप तामाङको अध्यक्षतामा साविक वडा नं ७, चन्द्र कुमार राईको अध्यक्षतामा साविक वडा नं ८, र साविक वडा नं ९ मा वडा कमिटि गठन गरीएको छ । ७ वटै टोल कमिटिका एकमुस्ट १ सय ३३ जना सदस्य रहेका छन् । 

नेपाली काङ्ग्रेस मुल कार्य समिति सभापती हेमन्त राईको अध्यक्षतामा भएको पार्टि प्रवेश तथा कार्य विभाजन कार्यक्रममा जिल्ला कार्यसमिति सभापती नन्दमणी राईको प्रमुख आतिथ्यता र बालकृष्ण थापा, कैलाश कुमार आले,विनोद वान्तवा,हेमन्त मुकारुङ, सफल किरात, गोपाल मोक्तान, निर कुमार विक, सरोज बस्नेत, दिपा शर्मा, निर्मला  खड्का, लिलामाया तामाङ, ज्योती पौडेल, घमचन्द्र दाहाल, अनोज कार्की लगायत नेपाली काङ्ग्रेसका नेताहरुले उनीहरुलाई अविर, खादा लगाएर स्वागत गरेका थिए ।

यसअघि प्रदेश १ का मुख्यमन्त्रि शेरधन राई, नेकपा जिल्ला कमिटि अध्यक्ष प्रेम राई तथा नेकपाको पकेट क्षेत्र मानिने हतुवागढि गाउँपालिकाको वडा नं २ लुङगीन र पुर्व पर्यटन मन्त्रि कृपाशुर शेर्पाको गाउँ  भोजपुर नगरपालिका वडा नं ५ स्थित ढुङ्गे, मुढे र फेदि गाउँका सबै स्थानीय नेकपा परित्याग गरि काङ्ग्रेस प्रवेश गरिसकेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …