तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीसँग अपील गरेका छन् । आइतबार सार्वजनिक अपील गर्दै देउवाले जनता र सिंगो देशले भावनात्मक रूपमा ऐक्यबद्धता जनाएका डा. केसीका माग पूरा गर्न आग्रह गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै देउवाले लेखेका छन्, ‘चिकित्सा शिक्षा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमसमेतका उहाँका मागहरू केवल एक व्यक्तिका माग होइनन् , प्रतिपक्षले निरन्तर उठाइरहेका र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका माग हुन् ।

जनभावनाअनुरुपका माग पूरा गर्नु सरकारको कर्तव्य भएको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘सरकारले सुरुवातमा डा. केसीप्रति दुर्व्यवहापूर्ण व्यवहार गर्नु एकातर्फ आतपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदाशीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ,’ देउवाको विज्ञप्तिमा लेखिएको छ ।

२०७५ सालमा प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहेका बेला डा. केसीसँग गरिएका माग सरकारले उल्लंघन गरेकाले अहिलेको अवस्था आएको देउवाको भनाइ छ । डा. केसीसँग संवाद गरेर समस्याको समाधान गर्दै त्यसको इमानदारीसाथ कार्यान्वयन गर्न पनि देउवाले सरकारलाई सुझाव दिएका छन् ।

डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएकाले सरकारले तत्काल वार्तामार्फत उनका माग पूरा गर्दै जीवन रक्षा गर्नुपर्ने देउवाको भनाइ छ ।

डा. केसीले जुम्लामा अनशन थालेका थिए । त्यहाँ ९ दिन अनशन बसेर उनी राजधानी काठमाडौं आएका हुन् । उनका माग पूरा गर्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकदेखि चिकित्सक संघ र विभिन्न राजनीतिक दलले सरकारलाई भन्दै आएका छन् । पछिल्लो समय डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …