तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ- खोटेहाङ गाउपालिकाका २ दर्जन बढी नेकपाका युवाहरु काँग्रेसमा प्रवेश गरेका छन ।

नेपाली काँग्रेस खोटेहाङ गाउपालिका वडा न. ९ लिच्कीराम्चे स्थित वडा सभाहलमा गरिएको कांग्रेसको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका २ दर्जन बढी युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन ।

उक्त कार्यक्रम वडा सभापति कर्ण राउतको सभापतित्वमा    नेपाली काँग्रेस खोटाङका  महासमिति  सदस्य  एवम्  युवा  नेता  रवि  प्रकाश राईको प्रमुख अतिथित्वमा भएको थियो ।

राईले नयाँ क्रियाशील सदस्य र नव प्रवेशी हरुलाई अवीर टीका लगाएर नेपाली काँग्रेसमा स्वागत गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारले आफ्नो मनमर्जी ढ्ङ्गले काम गरेको केन्द्र देखि स्थानीय तह सम्म भ्रष्टाचार साथै अपराध जन्य गतिविधिहरु भैरहेको र जनताको हितको लागि कुनै पनि योजना हरु गर्न नसकेको स्थानीय युवा हरुले गुनासो गर्दै नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेको नेपाली काँग्रेस वडा कार्यसमितिका सचिव प्रदिप राईले आगमनखबर लाई जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा विशेष अतिथि जिल्ला सदस्य शरण कुमार राई, बसन्त राई, आमन्त्रित जिल्ला सदस्य  चन्द्र थापा एदुनन्द घिमिरे, नेविसंघ खोटाङका वरिष्ठ जिल्ला उपअध्याक्ष नईन्द्र राई, सचिव राजदेश राई, तरुण दलका युवा नेता समीर राई, नेपाली काँग्रेस खोटेहाङ गाउपालिका सभापति प्रेम कुमार थापा, लगायत स्थानिय नेता तथा कार्यकर्ता हरुको बाकुलै उपस्थिति रहेको सुबास राईले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …