तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिम शाह

सल्यानमा गाडी दुर्घटना भएको छ। दुर्घटनाबाट १६ जना यात्रु घाईते भएका छन। जिल्लाको भोटेचौर बाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटना भएको प्रहरीले बताएको छ।

१७ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको उद्दारमा खटिएका प्रहरीले बताएका छन। घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।

घाइते मध्यका १ जनालाई बढी चोट लागेको छ। उनिलाई थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको अस्पताल श्रोतले जनाएको छ।

घाइते हुनेमा दार्मा ६ का भक्त केसि, बागगचौर ६ का पदम वलि, दार्मा ६ का नेत्र मल्ल, छत्रेश्वरि ७ कि राधिका खड्का र भुमिका खड्का, जानकी गाउपालिका ५ कैलालिका अमृत चौधरी र सुस्मिता चौधरी , छत्रेश्वरि ६ का नवीन घर्ती,अपेक्षा केसि,तोरन सार्की, कृष्ण चलाउने, बिजय बिक, खिमलाल नेपाली, सन्तोष नेपाली र गाडिका सह चालक छत्रेश्वरि ५ का भिमार्जुन केसि रहेको प्रहरिले बताएको छ।

गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ। गाडी कसरी दुर्घटना भयो भन्ने जानकारी नभएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरिले बताएको छ।गाडी आज बिहान साढे १० बजे दुर्घटनामा परेको थियो।

घाइतेहरुको अबस्था बुझ्न छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष सन्तोष केसि र वडा नम्बर ६ का अध्यक्ष दिपमनी दसौदी अस्पताल पुगेका थिए

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …