• बुधबार, असार-२,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने पक्का भएका छन् ।

निधिले आफ्नो सभापतिको उम्मेदवारीबारे जानकारी गराएपछि सभापति देउवा भित्र भुकम्प नै गएको छ। देउवाका अहिलेसम्मका हरेक साहसिक निर्णय र राजनीतिक उचाइ हासिल गर्न गरिएका प्रयत्नमा दरिलो खम्बा बनेका बिस्वासिलो पात्रको रुपमा लिएका निधी आफु सभापतिमा उठे उनि पछि हट्छन् भन्ने देउवाको बुझाइ रहेको निकट नेताहरूको बुझाई गलत साबित गदै शेरबहादुर उठे पनि निधिले सभापतिमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

संस्थापन पक्षका हस्ती मानिएका निधिले उम्मेदवारी दिने बताएपछि संस्थापन (देउवा) पक्ष मात्र नभई सिंगो कांग्रेसमा हलचल ल्याएको छ । निधिको उम्मेदवारी चर्चाले कांग्रेसभित्र सानोतिनो हलचल नै पैदा गरिदिएको छ । 

आफूलाई सहयोग नगरे आफूले पनि सहयोग नगर्ने संकेत देउवाले निधिलाई देखाए पनि सभापतिको उम्मेदवार बन्ने आफ्नो तयारी देखावटी नभएको भन्दै उनले कार्यकर्तासँग छलफल बाक्लो बनाएका छन् । पार्टीको उपसभापति भइसकेकाले सभापतिमा स्वाभाविक दाबी रहेको निधिको तर्क छ ।

कांग्रेसको चौधौं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेलाई तय भएकोमा क्रियाशील सदस्यता वितरण र नवीकरण नभएका कारण तोकिएको समयमै महाधिवेशन नभएपनि एउटा कुरा पक्का छ– महाधिवेशनमा निधिको उम्मेदवारी । 

अर्को खेमाबाट पनि दोस्रो पुस्ताका नेताहरुले आफूलाई भावी नेतृत्वको दावेदारका रुपमा प्रस्तुत गरिरहँदा संस्थापन पक्षबाट निधि अघि सरेका हुन् ।

निधिले महामन्त्री र उपसभापतिका रुपमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । सरकारको उपप्रधानमन्त्री भइसकेका कारण उनी पार्टी नेतृत्व हुँदै भावी प्रधानमन्त्रीका रुपमा समेत योग्यता एवं व्यक्तित्व निर्माण गरिसकेका छन् । त्यसकारण पनि उनी स्वाभाविकैले पार्टी नेतृत्वका लागि अघि सर्नु पर्ने कार्यकर्ताहरुको माग रहेको छ ।

निधी नेपाली कांग्रेसमा एक बौद्धिक, कुशल संगठक, शालीन र संस्कारयुक्त राजनीतिका पक्षधर मानिन्छन् । नेपाली कांग्रेसको मूल मताधार तराई भएको र तराईबाट निधी निर्विवाद र सर्वम्मत दावेदार पनि रहेकोले उनको नेत्वृत्वमा कांग्रेसले एउटा नयाँ उचाइ प्राप्त गर्नेछ । ।

राजनीतिक परिवारको हुर्काइ अनि लोकतान्त्रिक आन्दोलनबाट खारिएका कारण निधि विचारमा प्रस्ट नेताका रुपमा चिनिन्छन । नेपाली कांग्रेसका संस्थापनकालीन नेता महेन्द्रनारायण निधिका सुपुत्र पनि भएकाले उनमा जन्मजात कांग्रेसी रगत र संस्कार हावी छ । कांग्रेस संगठनमा विरासतको पनि ठूलो भूमिका हुने भएकाले निधिको दावेदारीलाई बलियो बनाएको छ । निधिका हकमा अन्य नेतापुत्रहरु जस्तो केवल पारिवारिक विरासत मात्र उनको राजनीतिक योग्यता होइन ।

निधि नेपाली काँग्रेसका संस्थापक नेताहरू मध्ये एक जो गान्धीवादी नेता भनेर चिनिन्छन, महेन्द्र नारायण निधिका पुत्र पनि हुनुहुन्छ। विमलेन्द्र निधि सानो उमेरको विद्यार्थी कालदेखि नै राजनीतिमा संघर्ष गर्दै गर्दा पटक पटक जेल पर्नु भएको थियो। २०३६ सालमा २४ वर्षको उमेरमा वी पी कोइरालाले उनलाई नेविसंघको अध्यक्ष बनाउनु भयो । त्यस्तै पार्टीको केन्द्रीय सदस्य, महामन्त्री हुँदै हाल पार्टीको उपसभापति हुनुहुन्छ । उहाँले सरकारमा पनि उपप्रधानमन्त्री समेतको जिम्मेवारी सम्हालिसक्नु भएको छ।

निधि मात्र यस्ता नेता हुन्, जसले परिवारको वैचारिक मूल्य र राजनीतिक संस्कारको जगेर्ना गर्दै आन्दोलन र कार्यकर्ताहरुसँग हड्डी खियाएका छन् । पसिना बगाएका छन् । लोकतन्त्रका निम्ति बलिदान गर्न तयार भएका छन् ।

एउटा तीतो यथार्थ के हो भने एउटा समुदायविशेषको दबदबा रहेको कांग्रेसमा कठोर त्याग र तपस्याका साथै कतिपय अवस्थामा अपमान सहेर समेत यो ठाउँमा आइपुगेका हुन् निधी ।

यसरी संगठन र आन्दोलनबाट खारिएको नेतृत्व पाउनु कांग्रेसका निम्ति गौरव हो । तराई क्षेत्रबाट यो तहको नेतृत्व प्राप्त गरेर एउटा विशिष्ट सन्देश प्रवाह गर्ने अवसर पनि हो । सभापति देउवाका निम्ति यो एउटा राजनेता बन्ने अवसर पनि हो । नेपाली कांग्रेसका निम्ति इतिहास रच्ने अवसर पनि हो । निधिलाई अघि सारेर देउवाले एउटा उच्च राजनीतिक संस्कार र त्याग देखाउन सकेमा उनी स्वयंको उचाइ बढ्नेछ ।

 

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

उच्च मनोबलले जित्यौँ कोरोना

उच्च मनोबलले जित्यौँ कोरोना
पत्रपत्रिका

ढुंगागिट्टी मासिँदै, पानी भासिँदै

प्राकृतिक स्रोतमाथि दोहन बढ्दा ट्युबवेल र इनार सुके भूमिगत स्रोत नभेटिएपछि खानेपानीकै अभाव बोरिङबाट समेत पानी नआएपछि सिँचाइ ठप्प खानेपानीका लागि तराईमा सजिलो साधन हो चापाकल …

कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु

काठमाडौं । देशभर कोरोना संक्रमणबाट दैनिक सरदर मृत्युदर घट्दोक्रममा पाइएको छ । गत बुधबारदेखि मंगलबारसम्म आधार मान्दा प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु हुने …

कोरोना उपचारमा नेपाल सफल हुँदै

लन्डन । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर …

ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट

नेकपा (एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका …