तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सरकारले विदेश पढ्न जान चाहने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यार्थीलाई एनओसी दिने निर्णय गरेको अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

कोरोनाका कारण गत फागुन २९ देखि सरकारले एनओसी दिन रोकेको थियो । ‘मन्त्रिपरिषद्को निर्णय आएपछि अनलाइनबाटै एनओसी प्राप्त गर्न सक्ने व्यवस्था मिलाएका छौं,’ मन्त्रालयका सहसचिव रामशरण सापकोटाले भने । यसअघि मन्त्रालयको केशरमहलस्थित वैदेशिक अनुमति शाखामा पुगेर आवेदन दिनुपर्ने व्यवस्था थियो ।

हाल एनओसी लिन चाहने विद्यार्थीले मन्त्रालयले तोकेको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । आवेदन स्वीकृत भए–नभएको बारे पनि विद्यार्थीलाई अनलाइनबाटै जानकारी दिइनेछ । आवेदन स्वीकृत भए विद्यार्थीले तोकिएको बैंकमा दस्तुर जम्मा गर्नुपर्नेछ ।

‘आवेदकलाई एनओसी लिने मिति इमेलमार्फत जानकारी गराइनेछ,’ उनले भने । अनुमतिपत्र लिन भने विद्यार्थी शाखामै उपस्थित हुनुपर्नेछ । गत आर्थिक वर्षमा ६३ हजार विद्यार्थीले विदेश अध्ययन गर्न जान अनुमति लिएका थिए । सबैभन्दा बढी अस्ट्रेलिया जानका लागि अनुमति लिइएको थियो । साढे ५ महिनादेखि एनओसी दिन रोक्दा करिब ३० हजार विद्यार्थी प्रभावित भएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …