तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लगातारको अविरल वर्षासँगै बाजुराको बूढीगंगा नदीमा आएको बाढीबाट विस्थापित भएका र मृतकका आफन्तलाई बाजुरा घर भई अमेरिकामा रोजगारीको सिलसिलामा काम गर्दै आएकाले  राहतस्वरूप आर्थिक सहयोग गरेका छन् ।

अमेरिकामा बसोबास गर्नेहरूले आर्थिक संकलन गरेर बाजुराका बाढीपीडितलाई सहयोग गरेको जनक थापाले बताए । बाजुरालगायत सुदूरपश्चिम घर भई हाल अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका ५६ जनाको सहयोगमा ६ लाख ६३ हजार २८० राहत संकलन गरेर पठाएको अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका पदमबहादुर शाहीले बताए ।

अमेरिकामा संकलन गरिएको रकम पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहको नाममा नेपाल पठाइसकेको शाहीले बताए । संकलित रकम जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा पीडितलाई हस्तान्तरण गरिने भएको छ । बाढी र पहिरोबाट घरबास विस्थापित भएका र मृत्यु भएका पीडितलाई नगद राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीसँग बसेर टुंगो लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा बडीमालिका नगरपालिकाका बाढीबाट विस्थापित भएका ३८ परिवारलाई ८ हजारका दरले ३ लाख ४ हजार र बाढीमा बेपत्ता भएकी घागरकी ऐसेनी महतका आफन्तलाई २० हजार रुपैयाँ प्रदान गर्ने सहमति भएको छ । गौमुल गाउँपालिकाका बाढीबाट विस्थापित परिवारलाई ८ हजारका दरले १ लाख ६० हजार रुपैयाँ, मृतक अनिश विकका आफन्तलाई २० हजार रुपैयाँ, बूढीनन्दाका विस्थापित ७ परिवारलाई ८ हजार रुपैयाँका दरले ५६ हजार र मृतक झिमु ल्वारका आफन्तलाई २० हजार रुपैयाँ दिने गरी समन्वय भएको हो ।

पहिरोमा बूढीगंगा नगरपालिकाका धर्मराज पाध्यायको आफन्तलाई २० हजार, बाढीले बगाएकी हिमाली गाउँपालिकाका बालिका इशु नेपालीका आफन्तलाई २० हजार र पहिरोमा परी मृत्यु भएकी बालिका सीमा बुढाका आफन्तलाई २० हजार राहतस्वरुप नगद सहयोग गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

राहत संकलनमा मुख्य भूमिका निर्वाह गरेका पदमबहादुर शाहीले भने, ‘बाजुरा यसपटक बाढीपहिरोबाट निकै प्रभावित बन्यो, त्यसमा हाम्रो पनि सानो सहयोग होस् भन्ने उद्देश्यले अमेरिकामा सबैलाई अपिल गरेपछि सहयोग रकम पठाएका छौं ।’ छोटो समयमा ६ लाखभन्दा बढी रकम संकलन गर्न सफल भएको शाहीको भनाइ छ । ‘वास्तविक पीडितले राहत पाउन्, आगामी दिनमा पनि हाम्रो सहयोग जारी रहनेछ,’ अमेरिकामा बस्दै आएका मनलाल जैशीले भने ।

नेपाल घर भई हाल अमेरिका बस्दै आएका नेपाली महिलाले बाजुराका बाढीपीडितका लागि ५० हजार सहयोग गरेका छन् । सहयोग रकम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका कार्यालय प्रमुख दीक्षा भण्डारीमार्फत पीडितलाई पठाइएको छ ।

अमेरिकाबाट आएको २५ हजार राहत गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायामार्फत पीडितलाई पठाइएको छ । २५ हजार रकम भने बडिमालिका–२ घागरमा बाढीपहिराले घर जग्गा गुमाएकी एकल महिला लाली महतलाई घर निर्माणका लागि सहयोग गर्ने भण्डारीको भनाइ छ ।

बाजुरामा असारयता बाढी र र पहिरोमा परेर १ बेपत्ता छन् भने ५ जनाको मृत्यु भएको छ । बाढीपहिरोबाट जिल्लामा ७१ परिवार पूर्णरूपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बूढीगंगा नदीले एक बेलिबिज्र र ५ झोलुङ्गे पुल बगाएको छ । नदीको किनारमा रहेका खेत जग्गा बगाएको छ । त्यस्तै ताप्रिसेरामा आएको बाढीले पक्की पुल बगाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …