तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली लोक संगीतमा निरन्तर लागिरहेका चर्चित लोक गायक पशुपती शर्मा र रमिला न्यौपानेको पारिवारिक तथा सामाजिक यथार्थलाई समेटियको तिज गीत  पिर नभाको को छ बोलको नयाँ गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजिनक भएको छ ।

हिन्दु नारीहरूको महानचाड हरितालिका तीज नजिकिएसँगै यतिबेला तीजका नयाँ गीत् सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ । यसैबीच गायक शर्मा र गायिका न्यौपानेको आवाजमा रहेको ‘पीर नभाको को छ र ?’ बोलको नयाँ गीत सार्वजनिक भएको हो ।

उक्त गीतलाई गायक शर्माको आफ्नो यूट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको गायिका न्यौपानेले जानकारी दिइन् । शर्माको लय र शब्द सिर्जना रहेको गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् । गीतको छायांकन पनि पौडेल आफैले गरेका छन् ।

नवीन घर्ती मगरले सम्पादन गरेको भडियोमा दिपा शाविसि, बबिन ठकुरी, नन्द बस्याल र यम गुरुङ फिचर्ड छन् ।यसअघि गायक शर्मा र गायिका न्यौपानेको ‘झमझम दर्कियो पानी’, बोलको गीतले चर्चा कमाएको थियो ।

गायिका न्यौपाने र खुमन अधिकारीको आज त भेट्न आउँदिन है कालु’ तीज गीत बजारमा चर्चित रहेको छ ।

गायिका न्यौपानेको स्वर रहेको आसीर्बाद माग्छु ,ओम शिब शंकर भोला ,पंखा चलाइदेउ ,भुरुरु उडेको पुतली बोलको गीतले हरुले बजार तताएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …