तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कर्मचारीसँगको कार्यसम्पादन सम्झौता प्रगति हप्ता दिनभित्र पेश गर्न निर्देशन दिएका छन्।

सिंहदरबारमा बुधबार मन्त्रालयको गत आर्थिक वर्षको प्रगति समीक्षा तथा चालू आर्थिक वर्षको कार्यक्रमका बारेमा भएको छलफलमा मन्त्री भट्टराईले गत आवमा मन्त्रीसँग भएको सम्झौता अनुसारका कार्यसम्पादन करारको प्रगति पेश गर्न मन्त्रालका सचिवलाई निर्देशन दिएका हुन्।

मन्त्रालयका अन्य शाखा अधिकृतले उपसचिवसँग, उपसचिवले सहसचिवसँग र सहसचिवले सचिवसँग  सचिवले  मन्त्रीसँग गरेको कार्य सम्पादन सम्झौताअनुसारका कार्यप्रगति पेश गर्न सबैलाई निर्देशन दिए। गत आवमा मन्त्रीले प्रधानमन्त्रीसँग गरेको सम्झौताका आधारमा प्रगति प्रतिवेदन पेश गर्ने मन्त्री भट्टराईले बताए। उनले सबैसँग हप्ता दिनभित्रमा वार्षिक कार्यसम्पादन सम्झौता गर्नेसमेत बताए।

मन्त्री भट्टराईले प्रत्येक महिनाको पहिलो हप्ता मासिक प्रगति समीक्षा र आउँदो महिनाको  योजना पेश गर्न सबैलाई निर्देशन दिँदै आन्तरिक बजेट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट सञ्चालन हुने निकाय र विकास समितिलाई बजेट तथा कार्यक्रम साउनभित्र पास गर्न निर्देशन दिए।

मन्त्री भट्टराईले आगामी भदौ १५ देखि होटल तथा रेस्टुराँ खुल्ने हुँदा स्वास्थ्य र सुरक्षासम्बन्धी सावधानी अपनाउन सवै सरोकारवालासँग १० गतेभित्र समूहगत छलफल गरी उपत्यकाका लागि पर्यटन विभाग, पर्यटन बोर्डले अनुगमन संयन्त्र निर्माण गर्नुपर्ने साथै प्रदेशस्तरमा प्रदेश मन्त्रालयको नेतृत्वमा अनुगमन संयन्त्र बनाउनका लागि अनुरोध गर्न पनि निर्देशन दिए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …