अछाम साँफे-मार्तडी सडक अन्तर्गत बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा अवस्थित पक्की पुल बाढीले बगाएको छ । जिल्ला भित्रिने मुख्य सडक अवरुद्ध भएपछि बाजुरा जिल्लामा यातायात सेवा ठप्प भएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार आइतबार राति परेको अविरल वर्षासँगै घट्टेखोलामा बाढी आउँदा सो पुल बगाएर बुढिगंगा नदीमा मिसिएको हो ।
पहिरो गएको क्षेत्रमा खानेपानीको समस्या निम्तिएको गैरेले बताए । उनका अनुसार ताप्रीसेरा माथिका बजेडी र नडाङ गाउँ पहिरोको जोखिममा परेका छन् । ‘यातायात ठप्प भएको छ । सुरक्षाकर्मी, रेडक्रसको टोली र जनप्रतिनिधि घटनास्थल पुगेका छन्,’ उनले भने,’उच्च जोखिममा रहेका बजेडीका पाँच परिवारलाई आफन्तकोमा राखिएको छ ।’
‘मार्तडीबाट सरोकारवालाको टोली हिँडेरै घटनास्थल पुगेको हो उनले भने,’अम्कोटदेखि मार्तडीसम्म १० भन्दा बढी ठाउँमा पहिरो गएको छ।’ ताप्रीसेरासँगै जोडिएको अमकोट-द्वारीमा यसअघि नै पहिरो खसेको थियो ।
एक सातादेखि अवरुद्ध बाजुराको साफेँ-मार्तडी सडक खण्डको काम मंगलबारदेखि सुरु भएको छ । अविरल वर्षासँगै पहिरोले बुढीगंगा नगरपालिकाको अम्कोटमा सडक भाँसिदा सडक अवरुद्ध भएको थियो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …