तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बेगनासताल जलाधार संरक्षणका लागि तालको बाँध मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ । बाँध पुरानो भएर फुट्ने सम्भावना बढ्दै गएपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पोखराले बेगनास ताल बाँध तथा आसपासको नहरसमेत मर्मत थालेको हो ।

जलस्रोत डिभिजन कार्यालयको बेगनास सिँचाइ प्रणाली कार्यक्रमअन्तर्गत यो काम थालिएको हो । २०४६ सालमा चीनको सहयोगमा सिँचाइ कार्यालयले उक्त बाँध बनाइएको थियो । यसअघि बाँधको फेदमा पानीको सिपेज देखिएको थियो । त्यसैगरी, तालको पानीको छाललाइ छेक्न बाँधको किनारमा राखिएका ढुङ्गाहरू पनि बिस्तारै कम हुँदै जान थालेपछि बाँध फुट्ने र आसपासका बस्ती डुबानमा पर्नसक्ने सम्भावित जोखिम रोक्नका लागि मर्मत गर्न लागिएको जलस्रोत डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले बताउनुभयो ।

बेगनास ताल पोखराको फेवातालपछिको ठूलो र नेपालकै सबैभन्दा गहिरो ताल हो । यो तालको सुन्दरतासमेत वृद्धि, तालमा फोहोर गर्ने क्रियाकलाप रोकिइने र पर्यटकको सुरक्षाका लागि पनि बेगनास तालको बाँध मर्मत सम्भार अति आवश्यक भएको उहाँले बताउनुभयो ।

यहि कोरोना लकडाउनकै बीच उक्त योजना कार्यन्वयन शुरु भएको हो । बाँध मर्मतका लागि अहिले त्यहाँ भएका ढुङ्गाहरूमा अन्य ढुङ्गा पनि थप गरी जाली बिछ्याउने, ढलान गर्ने, तालको पानि निकास हुने नहरमा रेडिमिक्स गर्ने लगायतका काम भइरहेका छन् । तालको पानि निकास हने मोहोरिया, किमबेसी, खुदी बेसी लगायतका ठाउँमा रहेका नहरहरू पनि मर्मत गरिएको छ । यसका लागि गत वर्ष ठेक्का भएको थियो । कैलाश पर्वत निर्माण सेवा प्रालिले उक्त बाँध मर्मतको ठेक्का पाएर काम गरिरहेको छ ।

जलस्रोत डिभिजन कार्यालय पोखराका प्रमुख आचार्यका अनुसार एक करोड २५ लाख रुंपियाँको लागतमा उक्त बाँध मर्मत सम्भार गर्न लागिएको हो । यो काम नयाँ आर्थिक वर्षको पहिलो चौमासिकभित्र सम्पन्न हुने पनि प्रमुख आचार्यले जनाउनुभयो । यो योजनाको स्थानीय अनुगमन स्थानीय बेगनास जलाधार सिँचाइ उपभोक्ता समितिले गरिरहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …