तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खुडोल फाँटमा शनिबार खोकनावासीले सांकेतिक विरोध गरेका छन् । उनीहरुले धान रोपेर र भटमासको बिउ छर्दै सांकेतिक रुपमा विरोध जनाएका हुन् ।यसअघि खुडोल फाँटमा धान रोप्‍न जाँदा प्रहरी र स्थानीयबीच झडप हुँदै आएको थियो । खुडोल क्षेत्रमा शनिबार प्रहरीको उपस्थिती नभएपछि खोकनावासीले धान रोपेका हुन् ।

खुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् । उनीहरुले सरोकारवालासँग छलफल नै नगरि एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन्।

खोकनबासीले सेनाको प्याराग्लाइडिङ चौर, भैंसेपाटी आवास, रेडियो नेपालको टावर राख्‍न गरेर पटक पटक सरकारलाई जग्गा दिइसकेको छ । अहिले स्मार्ट सिटी जस्ता जतिपनि अन्य योजना छन् । यसले आदिवासी विस्थापित मात्र नभई मौलिक बस्तीको अस्तित्व नै सखाप पार्ने निश्चित छ स्थानीयले भने ।

स्थानीयले संसदको विकास समितिले बुङमती र खोकनाबासीको माग तत्काल सम्बोधन गर्न सरकालाई दिएको निर्देशन पनि वेवास्ता गर्दै आइरहेको आरोप लगाए । स्थानीय तहमा जनप्रतिधि आएलगतै ललितपुर महानगरका मेयर र उमेयरले स्थानीयको मागको सम्बोधन गर्न पहल गर्ने बताएका थिए । तर, अहिले स्थानीय जनप्रतिनिधि पनि मौन छन् ।

ललितपुरका तत्कालीन प्रजिअ यादवप्रसाद कोइरालाको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले पाखो बारीअन्तर्गत पर्ने भैंसेपाटीमा मोटर बाटो जग्गाको प्रतिरोपनी ४७ लाख ५० हजार, गोरेटोको ४० लाख ५० हजार, बाटो नभएको २६ लाख, खोकनामा मोटर बाटो जग्गाको ४४ लाख, गोरेटोको ३६ लाख, बाटो नभएकोमा २५ लाख, बुङमतीमा मोटर बाटोको ४१ लाख, गोरेटो ३३ लाख, बाटो नभएको २४ लाख र डुकुछापमा मोटर बाटो ३८ लाख, गोरेटो ३० लाख, बाटो नभएको २३ लाख छुट्याएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …