तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

संखुवासभा र सिन्धुपाल्चोकमा बाढीपहिरोबाट बेपत्ता भएका ३४ जना अझै फेला परेका छैनन् । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा आइतबार बिहान गएको पहिरोमा परी हराइरहेका ११ जनाको कुनै अत्तोपत्तो छैन । लगातार खोजी गर्दा पनि उनीहरू नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

खोजीमा सेना, प्रहरी र सशस्त्र प्रहरी गरी ६० जना सुरक्षाकर्मी र स्थानीय खटिइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले बताए । पहिरोले बेसिन्दा गाउँको जमिन चिराचिरा परेको छ । बेसिन्दाबाट मात्रै ७३ परिवार विस्थापित भएका छन् । ३ सय ४९ जनालाई अस्थायी रूपमा चित्रेको शेर्पा बस्तीमा लगिएको थियो । चित्रेमा पनि जोखिम बढेपछि ७३ परिवारमध्ये २७ परिवारका १ सय १० जनालाई शुक्रबार बुधबारे सरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।

पहिरोका कारण बेसिन्दाका ९ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । पहिरोमा ६५ वर्षीया गोरीमाया राई र उनकी २२ वर्षीया छोरी प्रकृति तथा राममान राई, उनकी श्रीमती हस्तकुमारी, छोरीहरू एन्जिला र नम्रता हराइरहेका छन् । यस्तै, जुद्धबहादुर माने (राई), उनकी श्रीमती उत्तरकुमारी तथा नजमाया, हर्कराज र आइतमाया राई पनि बेपत्ता छन् ।

बाढीपहिरो र दुर्घटनाबाट १० दिनयता सिन्धुपाल्चोकमा बेपत्ता भएका २३ जना अझै भेटिएका छैनन् । अघिल्लो बुधबार रातिकोबाढीपहिरोले बाह्रबिसेको जम्बुका १७, भोटेकोसी–५ बुल्कुर्टेका ३ र गत बुधबार घर पुरिँदा भोटेकोसी–४ फुल्पिङकट्टीका २ जना हराइरहेका छन् । गत मंगलबार मेलम्ची खानेपानी आयोजनाको अडिट गेट फुट्दा आएको बाढीले मुहानस्थलबाटै बेपत्ता बनेका एक जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, बुधबार रातिको पहिरोमा पुरिएर बेपत्ता भोटेकोसी–४ फुल्पिङकट्टीका एकै परिवारका ५ जनामध्ये शुक्रबार १४ वर्षकी छिरिङवाङ्गु शेर्पाको शव फेला परेको छ । दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङ्मु शेर्पा र १६ वर्षकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो । ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा अझै बेपत्ता छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …