तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

राइड सेयरिङ कम्पनी ‘पठाओ’का सहसंस्थापक मृत फेला परेका छन् । ‘पठाओ’का सहसंस्थापक फहिम सलेह मंगलबार न्यू योर्कको आफ्नै अपार्टमेन्टमा शरीरका अंगहरु काटेर टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनका हात, खुट्टा, टाउको काटिएकाे छ । उनको शरीरको नजिकै एउटा विद्युतिय काट्ने औजार समेत भेटिएको छ ।

उनको मृत्यु कसरी भयो भन्नेबारेमा प्रहरीले आधिकारीक धारणा सार्वजनिक गरेको छैन । तर युवा उद्यमी सलेहले स्थापना गरेको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गर्दै ट्विट गरेको छ ।

‘हाम्रा संस्थापक तथा सीईओ फहिम सलेहको असामयिक मृत्युले हामी मर्माहित भएका छौँ,’ कम्पनीले बुधवार ट्विट गरेको छ ।

३३ वर्षीय सलेह सन् १९८६मा साउदी अरबमा जन्मेका थिए । उनको परिवार पछि अमेरिका सरेको थियो ।

सन् २०१५ मा उनले दुई जना साथीहरूसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए । पठाओ बंगलादेशमा निकै लोकप्रिय छ । सोही नाममा नेपालमा पनि राइड सेयरिङ कम्पनी दर्ता भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …