तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बिहीवार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएका छन् । यहाँको मूल सडकमा २ फिटभन्दा बढी पानी जमेको छ । 

पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ । जनकपुरधामका प्रायः सडक छेउमा रहेका घर तथा सरकारी कार्यालयमा पानी पस्नुका साथै जमेको छ  । मुख्यमन्त्री कार्यालय, ऐतिहासिक रङ्गभूमि मैदान बाह्रबिघा मैदान, रामानन्दचोक, जिल्ला प्रहरी कार्यालय, प्रादेशिक अस्पताल परिसर डुबानमा परेको छ । 

प्रादेशिक अस्पतालको नवनिर्मित भवनको आकस्मिककक्षमा समेत पानी पसेको छ । आकस्मिककक्षको छत चुहिएका कारण पानी जमेको  कर्मचारीले बताएका छन् । अस्पतालमा पानी जमेका कारण बिरामीलाई उपचारमा समस्या भइरहेको छ ।  जनकपुर उद्योग वाणिज्य सङ्घ, भानुचोक, मिल्स एरिया, मुरलीचोक, विश्वकर्माचोक, कदमचोक र रमानन्दचोकमा समेत पानी जमेको छ ।

त्यसैगरी धनुषा जिल्लाको पूर्वी क्षेत्रका गाउँपालिका र नगरपालिकाको गाउँ डुबानमा परेको छ । जिल्लाबाट बग्ने कमला, जलाधी, जमुनीलगायतका नदी वहाव वढेको छ । अविरल वर्षाले अप्रिय घटना नभएको र क्षतिको तथ्यांक संकलनको भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका–१ स्थित सडक विस्तारको क्रममा सडकपेटीमा वर्षौंदेखि घरटहरामा बस्दै आएका दलित सुकुम्वासीको वर्षाको बेला उठिबास हुने भएको छ । निरन्तरको वर्षाको बेलामा हुन लागेको सडक विस्तारको क्रममा वडा नं १ धर्मवान टोलका ती समुदायलाई घरटहरा भत्काउन दबाब परिरहेको छ । ती समुदायले आफूहरू सडकमै बसेको ५० वर्ष भइसकेको र आफ्नो अन्य ठाउँमा जग्गा जमिन नभएपछि कहाँ जाने भनेर दुःखेसो व्यक्त गर्दछन् ।  

स्थानीय मनोज मल्लिक डोमले भने, ‘सडकपेटीमा बसेको ५० वर्ष भयो, जलाद नदीको छेउमै घरटहरा बनाएर बसेका छौं, वर्षायामको बेलामा नदीको पानी माथिल्लोस्तरमा आएर घरटहरामा क्षति गर्ने गरेको छ, आफूहरू निकै कष्टकर जीवन बिताउँदै आएको भए पनि अहिले सडक विस्तारको क्रममा आफूहरूलाई विस्थापित गरे बिचल्ली पार्नु भएन, हामीलाई सरकारले कुनै ठाउँमा बस्नका लागि व्यवस्थापन गरिदिए सडकपेटीको जग्गा खाली गर्न तयार छौं ।’

जनकपुरधाम–१ मा सडक फराकिलो गर्ने क्रममा उपमहानगरपालिकाले घरटहरा सूचना जारी गरेको छ । सो सूचनालाई मध्यजर गर्दै दलित अगुवाहरूले आफूहरू विकासविरोधी नभएको तर भूमिहीनको उचित व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेका छन् । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …