तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मुलुकभर तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढी पहिरोमा २५ जनाको मृत्यु भएको छ । ५७ जना बेपत्ता छन् । कास्की, सिन्धुपाल्चोक, लमजुङ, म्याग्दी लगायत जिल्लामा बाढी र पहिरोले धनजनको क्षति पुर्‍याएको हो ।

गृहमन्त्रालयअन्तर्गत विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलका अनुसार बिहीबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोमा परी २ जनाको भएको थियो भने मृत्यु २१ बेपत्ता भएका थिए । बाढीले १६ घर बगाएको थियो ।

यस्तै शुक्रबार कास्की, लमजुङ, म्याग्दी, जाजरकोट लगायत ८ जिल्लामा आएको प्रकोपमा २३ जनाको मृत्यु, ३६ बेपत्ता र २६ घाइते भएका छन् । प्रमुख कार्यकारी पोखरेलका अनुसा यो मानवीय र भौतिक क्षति विवरण शुक्रबार अपराह्नसम्मको हो ।

विपदमा परी घाइते भएकाको उपचार, बेपत्ताको खोज तथा उद्धार र मृतकको पहिचान गर्ने काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …