तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

म्याग्दीमा बिहीबार रातिदेखि बाढीपहिरोमा परी ३३ जनाभन्दा बढी बेपत्ता भएका छन् । विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोले सडक तथा पैदलमार्ग बगाएकाले उद्धारकर्ता घटनास्थल पुग्न सकेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका–६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ८ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन् ।

त्यसै गरी मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन् । मालिका गाउँपालिका–४ देवीस्थानमा पनि ५ घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

बाढीले गलेश्वरस्थित राहुघाट खोलाको बेलिब्रिज बगाउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ ।

राहुघाट खोलाको बाढीले रघुगंगा–८ मंगले क्षेत्रमा ८ घरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । म्याग्दी र राहुघाट खोलाको बाढीले जोखिम बढाएपछि सदरमुकाम बेनीको मंगलाघाटका ७ र रघुगंगा–३ गलेश्वरका २१ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार घर पुरिएका र जोखिममा परेका गरी कुल ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोले बस्ती पूरै घेरिएकाले स्थानीय, प्रहरी र सेनाका तीनवटा उद्धार टोली घटनास्थल पुग्ने प्रयास जारी छ । हामी पनि घटनास्थल जाँदै छौं,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सबै विवरण स्थानीय जनप्रतिनिधिबाट संकलन गरिएका हुन् ।’

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …