तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा आएको बाढी छ ।

बिहीबार रातिदेखि परेको वर्षासँगै सेती नदीमा आएको बाढीले जिल्लाको शुक्लागण्डकी नगरपालिकाका ४२ घर विस्थापित भएका छन् । शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार वडा ४ का १४ र वडा ८ का २८ घर जोखिममा परेपछि उनीहरुलाई सुरक्षितस्थलमा सारिएको छ ।

‘बाढीबाट प्रभावित ४२ घरधुरीका १ सय ६२ जनालाई उद्धार गरिएको छ’, उनले भने, ‘बाढीले बस्तीमा क्षति पुऱ्याउने देखिएकाले स्थानीयलाई सुरक्षित रुपमा स्थानीय आदर्श समाजको भवन तथा अन्य स्थानमा व्यवस्थापन गरेका छौं ।’

दुवै वडाको यो क्षेत्र पुर्जा नभएको जमिन रहेको र धेरै वर्षअगाडिदेखि नै जोखिमयुक्त ठाउँ घोषणा गरिएको नगरप्रमुख किसान गुरुङले बताए । ‘जोखिमयुक्त क्षेत्र भनिए पनि स्थानीय बसोबास गर्दै आएको र बर्सेनि यो समस्याबाट गुज्रिनु परेको छ’, उनले भने, ‘अहिले उहाँहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरेका छौं ।’

यस्तै, बाढीले मानवीय क्षति नभए पनि कुखुरा, पशुचौपाया भने बगाएको छ । यस क्षेत्रको सेती नदी किनारमा बसोवास गर्दै आएकाहरु शुक्रबार बिहान करिब ४ बजेको समय तिर सेती नदीमा अचानक बाढी आउन थालेपछि घर छाडेर भागेका थिए । यहाँका केही बाढी प्रभावितहरुले घरमा रहेका सामाग्री निकाले पनि अधिकांशले घरबाट कुनै पनि सामाग्री निकाल्न नसकेका बताएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …