तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल

आफ्नो शरीरको हत्या आँफैले गर्ने निर्णयमा पुगेर अनेकन तरिकाबाट स्वयं मृत्युको वरण गरिनुलाई आत्महत्या भनिन्छ । आजकल विभिन्न कारणहरुबाट आत्महत्याको घटना वढ्दै जान लागेको र यो गम्भीर विषय लोककल्याणकारी राज्यको लागि चुनौतीको विषय हुनुका साथै सभ्य तथा आधुनिक समाजको निर्माणमा एउटा सामाजिक चोट भएकोले यसको कारण तथा निराकरणका उपाय वारे वहस गर्न आवस्यक भैसकेको देखिन्छ ।

आम जनताको जीवन निर्वाहको सुनिश्चितता,आधारभूत आवश्यकताहरुको परिपुर्ती तथा सामाजिक, समावेशी र न्यायपुर्ण समतामुलक समाजको निर्माणको लागि नेपालमा धेरै पटक जन आन्दोलन तथा क्रान्तिहरु सम्पन्न भएका छन् । परिवर्तनका लागि भएका विभिन्न आन्दोलनले आम जनताहरुमा सुखी र सम्वृद्द हुने आशाहरु जगाएको थियो र सो अनुरुप धेरै प्रगति हुदै गई रहेको भए पनि विश्वमा भएका द्रुततर विकासको खवरले महत्त्वाकाँक्षा धेरै वढेर उनीहरुको जस्तै सुविधा उपभोग गर्ने कल्पना पनि सुरु भैरहेको छ ।

आफना सन्ततीहरु लाई अन्तरराष्ट्रिय स्तरको शिक्षाको व्यवस्था , सूचना प्रविधिको उपयोगको लागि आवस्यक आधुनिक मोवाइल,कम्पयुटर, घरमा प्रयोग गरिने आधुनिक इलेक्टेनिक्सका साधनहरु, यातायातको साधनहरु मोटरसाईकल. विलासी कार, भ्यान, सुविधा सम्पन्न शहरमा घर घडेरी निम्नतम आवश्यकताको रुपमा उपयोगको आकाँक्षा वढ्दै गएको र पुँजी तथा प्रयाप्त आम्दानी नभएको अवस्थाको उपभोक्ताले समेत, खुलेका वैंक तथा वित्तीय संस्थाहरुको ऋणवाट सो सुविधाहरु उपभोग गर्दा ऋण धनको सन्तुलन कायम गर्न नसकेको र जीवनमा राजनैतिक सामाजिक र अरू धेरै वढी महत्वाकाँक्षाहरु पनि राख्ने र असफल हुँदा आत्महत्या सम्म गर्नेगरेका अनेकन घटनाहरु वढेके देखिन थालेका छ ।

यसै गरी हाम्रो समाजमा प्रेम तथा विवाह सम्वन्धमा आएका खटपट तथा धोकाधडी, अवैधानिक गर्भाधान, घर परिवारको सम्पत्ति वाडफाँटमा हुने किचलो, लेनदेनको कारण श्रृजना हुने झगडा, मिटरव्याज, लागु औषध तथा मादक पदार्थको अत्याधिक सेवन, असहिष्णु स्वभाव, गरिवी, पढाई तथा जागिर सम्वन्धीका असफलताहरु, पारिवारिक वेमेल, असाध्य विमारी ,मानसिक विमारी , सम्भावित दण्ड सजायको डर, अन्धविश्वास जन्य घटनाहरु र जुवातास समेतको कारण निराश भएर आत्म हत्या गर्ने गरेकेामा हाल केरेना भइरस संक्रमणकेा व्याधि पछि त झन यस्तेा समस्या वढ्दै जानलागेके हुदा  अव अत्महत्याकेा घटना एक जटिल सामजिक, राजनैतिक चुनौतीको रुपमा खडा भएको छ । 

अहिले हाम्रो समाजमा खर्च पर्च वढ्ने खालका नयाँ फेशन र वेतूकको कुरालाई इज्जत प्रतिष्ठाको रुपमा मिश्रण गरी साँस्कृतिक तथा सामाजिक ढाँचाले एउटा कृतिम रुप लिदै छ । विवाहमा धेरै दाइजो दिन नसक्दा इज्जत जाने, भोजमा यज्ञमा धेरै भन्दा धेरै मानिस निमन्त्रण नगर्दा शाख नरहने  साथीको विवाहमा जाँदा धेरै गरगहना अनि लुगा फेसन नगर्दा इज्जत जाने रे , यस्तै खालको कृतिम अवधारणा तथा विश्वासले हाम्रो जीवनयापन दिनदिनै जटिल हुदै जान लागिरहेको छ । 

हाम्रो दैनिक खानपान रहनसहनमा आएको परिवर्तनले मुटुरोग मधुमेह जस्ता रोगवाट प्रभावित भई मानिसमा धैर्य धारण गर्ने प्रतीक्षा गर्ने गुणहरु घट्दै गएको हुदा हरेक घटनामा नकारात्म द्दिष्टिकोण मात्रै राख्ने , स साना कुरामा पनि झगडा गरी रिस इवी दाउपेच राख्ने तथा असहिष्णु हुदै जान लागेको देखिन्छ । यती सम्मकी युवाहरु एकापसमा खेलकुद गर्दा सानो कुरामा झगडा हँुदा होस वा पति पत्नी वीचमा सानो विमति हुदा र विध्यार्थी फेल भएको मात्र कारणले पनि आत्महत्याका घटनाहरु भैरहेका छन् । 

आर्थिक कारणले मृत्यु हुनेको संख्या पनि वढ्दै जान लागेको देखिन्छ । गतवर्ष मिटर व्याजको असैह्य वोझ व्यवस्थापन गर्न नसक्दा २ वालक र पत्नी सहित त्रिशुलीमा हामफालेर मृत्यु भएको हास वा  अहिले केरेना भाइरसकेा संक्रमण पछि परिवारकेा पालनपेाषण र उपचार सम्वन्धि पीरलेावाट निराश भइ  दैनिकरूपमा हुने गरेका अत्महत्या सम्वन्धी घटनाकेा खवरले हामी सवै विस्मित भैरहेको छाैं। सम्हाल्न नसकिने गरी गरिएका आर्थिक कारोवार र फजुल खर्चहरु तथा  पुरा गर्ननसक्ने जिम्मेवारी र अस्वाभाभिक निर्णयहरु नै भोली ठूलो घटना वनेर आँगनमा प्रदर्शन हुने दिनहरु आउने कुरालाई हेक्का राख्न् थालियो भने यस प्रकृतिका घटनाहरु घटेर जानेछन् । अरुको जस्तो घर, अरुको जस्तो गहना, अरुको जस्तो भोज, अरुको जस्तो छोराछोरीको डाक्टरी र इन्जिनियरिङ पढाई, विदेश सयरको अनर्थको लोभले नै परिवार तथा समाजमा अस्वस्थ प्रतिस्पर्धा वढ्दै जान लागेको देखिन्छ । 

शरीर स्वस्थ्य भयो भने मन पनि स्वस्थ्य रहन्छ यसर्थ दैनिक व्यायाम गर्ने स्वस्थ्य तथा प्रकृतिक खानामा जोड दिने र दिनानुदिन शरीरलाई केही श्रम र काममा लगाईयो भने पनि शरीर स्वस्थय रहन मद्दत गर्दछ र हामी मनमा अरूसंग तुलना गर्ने तेसैकारणाबाट बिषिप्त हुने गर्दछाै जसले मनलाइ िवचलित गरीरहेकाे हुन्छ  । फोस्रो धाकको रुपमा स्थापित भएका अस्वाभाविक दाईजो, गहना गुरियाको प्रदर्शन, नसकिने खालको भोज भतेर, जस्ता कुराहरुमा सुधार गर्न आवश्यक भएको छ र घाँटी हेरी हाड निल्ने भन्ने उखान सरी हाम्रा उपभोग तथा खर्चको स्तरलाई आँफुले सहज व्यवस्थापन गर्न सक्ने खालको भयो भने पनि स्थितिमा सुधार हुन सक्ने देखिन्छ ।

निराश भई मृत्युवरण,आत्महत्या गर्नु पुर्व त्यस्तो निर्णयमा पुग्न खोजेको व्यक्तिले एक पटक सोचौं हामीले समाल्न नसक्ने भनेको विषय तुच्छ हो, त्यो विषयको समाधान तपाइ हामी वाट नै पनि हुन सक्छ । समस्याहरु लाई गोप्य राखेर कुन्ठा वढाउनुको वदला खुलस्त आफन्त मानिसहरु, समाजका जीम्मेवार व्यक्ति संग भनियो भनेपनि त समाजले ती समस्याको निराकरण गर्न सघाउ गर्न सक्तछन । खोजी गरियो भने राज्यका सम्वन्धित निकायवाट पनि हाम्रो समस्याको समाधानमा सहयोग पु्ग्न सक्छ । 

हामीले लिएका कतिपय चिन्ताहरु समयक्रममा आँफै समाधान हुन पनि सक्छन । आत्महत्या गर्ने हाम्रो एकल निर्णय अपुरो, मनगढन्त र आधार हिन हुन पनि सक्छ । यसर्थ मनमा रहेका कुण्ठाहरु,अवशादहरु जो तपाइको मृत्युको कारण वन्दैछन, ती हाम्रो मुल्याँकनमा मात्र भयन्कर हुन् तर सहज रुपमा समाधान निस्कने विषयहरुनै धेरै रहेका हुन्छन् । भनिन्छ -वाँच्दै गरे नाच्न पाइन्छ- यसकेा अर्थहेा जीवन धेरै सम्भावनाले युक्त छ, येा अपुर्व छ नथकिकन प्रयासलाइ निरन्तरता दिंदै जाँदा सायद भेाली हामीले सामना  गरिरहेकेा समस्याकेा समाधान भइ नसेाँचेकेा सुखद दिनहरू पनि अउन सक्छ, कतिपयकेा जीवन यस्तेा देखिएकेा पनि छ । 

सानाेठुलाे दुःखवाट फुर्सद पाउन वा कसैलाइ स्वाद दिनकै लागि आफ्नै शरीरलाइ आफैले काट्दा, जलाउँदा, झुडाउँदाकेा पीडा त पहिले अँफैले वेहेर्नु पर्दा कति कष्ट होला  ? घटना पछि मृत्यु हुनकेा लागि केही थेारै भएपनि समय त लाग्छ, त्येा पीडाकेा समय कति लामेा लागेकाे हेाला घाइतेलाइ, सायद १ मिनट पनि १०० वर्ष जस्तै, जसरी २।३ मिनटकेा सपनामा एउटा मानिसकेा जन्म देखी मृत्यु सम्मका सवै कथा दृश्यमान हुन्छ, अटेकेा हुन्छ, पीडा र प्रतीक्षाकाे समयकाे मापदण्ड असामान्य हुन्छ । हिन्दु धर्मकेा मान्यता अनुसार पनि आत्महत्यावाट मृत्यु गर्नेहरुको जीवात्माले सयौं वर्ष सम्म माहाकष्टको सामना गर्नुपर्ने हुन्छ । 

आत्महत्या सम्वन्धी चुनौतीको सुधारको लागि लोक कल्याणकारी राज्यको भुमिका धेरै महत्व पुर्ण हुने गर्दछ । राज्यमा शुसासन, जीवन निर्वाहको आशा जगाउने प्रभावकारी कार्ययोजनाहरु, रोजगारीको अवसर, सुलभरुपमा ऋण पाँउने व्यवस्था, न्याय र समता मुलक समाजको निर्माण गर्ने ठोस अवधारणा र कार्यहरुले उपरोक्त घटनाहरु न्युन हुदै जाने छ । अस्वाभाविक कारोवारहरुमा प्रभावकारी निगरानी, र यसखालको मनोरोगी हरुलाई कुनै केन्द्र खोलेर खुलस्त कुरा सुन्ने र गोप्य राख्ने व्यवस्था भयो भने पनि त आत्महत्याको घटनामा कमी आउने छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …