तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोरोना संक्रमितको मृत्युपछि व्यवस्थापन गर्ने क्रममा पोखरामा गोली चलेको छ ।

स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि शव व्यवस्थापन गर्ने क्रममा स्थानीय र प्रहरीविच भडपको स्थिति सृजना भएको प्रहरीले जनाएको छ ।

पोखरा स्थिति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयूमा उपचारका क्रममा बुधबार राती संक्रमित व्यक्तको मृत्यु भएको थियो । बिहिवार शव पोखरा महानगरपालिका -३१ मजुवा स्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर अवरोध सृजना गरेपछि झडप भएको थियो ।

शब व्यवस्थापनका लागि घाटमा जाने बाटो अवरोध गर्दै शसस्त्र प्रहरीको गाडि तोडफोडमा उत्रिएका स्थानिय ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपका क्रममा स्थानियले ढुंगामुडा गरेको र प्रहरीले गोली समेत चलाएको थियो ।

झडपमा दुबै तर्फका एकदर्जन बढी घाईते भएका छन् । स्थानिय नगरपालिका र नेपाली सेनाले घाटको तय गरि मृतकको शब नेपाली सेनाले तोकिएकै स्थानमा व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …