तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमन खबर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ को मृत्यु भएको जनाएको छ ।

मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाका कारण १ जनाको मृत्यु भएको बताएका हुन् ।

यससँगै कोरोनाका कारण मृत्यु हुनेको जम्मा संख्या नेपालमा २४ पुगेको छ ।

डाक्टर गौतमले दिएको जानकारीअनुसार कोरोनाबाट ज्यान गुमाउने पछिल्ला व्यक्ति दैलेखको दुल्लुनिवासी हुन् । उनी ४५ वर्षका थिए ।

उनले प्रादेशिक अस्पताल सुर्खेतको आइसोलेसनमा उपचार गर्दागर्दै सोमवार मृत्युवरण गरेका छन् ।

डाक्टर गौतमले उनी क्षयरोग तथा दमको बिरामीसमेत रहेको बताए ।

उनलाई दुल्लु अस्पताल दैलेखबाट गत असार ३ गते सुर्खेतमा थप उपचारका लागि लागिएको थियो । उनको स्वाब असार ३ गते संकलन भएको र ४ गते कोरोना संक्रमण भएको पत्ता लागेको थियो

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …