तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चीनका स्टेट काउन्सिलरले बिहीबार साँझ गरेको ‘बेल्ट एन्ड रोड इन्टरनेसनल कर्पोरेसन ऐक्यबद्धतासहित कोभिड–१९ को सामना’ शीर्षकको उच्चस्तरीय भिडियो सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले बहुपक्षीय संस्थाहरूबाट आपसी सहयोग तथा सामूहिक प्रयासले कोभिड–१९ सँग जुध्न सकिने बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय सहकार्य वृद्धिका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई साधन–स्रोत र प्रविधिले थप सुदृढ गर्नुपर्नेमा पनि जोड दिए । बिआरआईको प्रशंसा गर्दै उनले यसले साझेदार देशमा उच्च गुणस्तरीय विकासका लागि भूमिका निर्वाह गरेको उल्लेख गरे । बिआरआईअन्तर्गतको हेल्थ सिल्क रोडसम्बन्धी नयाँ पहलकदमीले कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सामग्री, औषधि आपूर्ति तथा व्यापारमा सहजीकरण गर्ने, अनुभव र विज्ञता आदनप्रदान गर्न सहजीकरण गर्ने ज्ञवालीको मत छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनका सहभागीले एकता, ऐक्यबद्धता र आपसी सहकार्यमा जोड दिएका छन् । उनीहरूले डब्लुएचओको भूमिका थप सुदृढ पार्नुपर्ने पनि बताएका छन् । सम्मेलनमा २६ देशका विदेशमन्त्री एवं सरकारी प्रतिनिधि सहभागी थिए । सम्मेलन बुधबार उद्घाटन भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्मेलन सफलताका लागि लिखित शुभकामना दिएका थिए ।

तस्बिर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको फेसबुकबाट

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …