काठमाडां। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.२८ ले ओरालो लागेर ४३८.६८ मा सीमित भएको छ ।
कारोबार भएका २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर रु एक अर्ब ६४ करोड ४० लाख ९६ हजार १९३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैङ्किङ ३७.९५, व्यापार ६०.८६, होटल तथा पर्यटन ७७.०८, विकास बैंक १६३.६९, जलविद्युत् १४२.५, वित्त १०१.८७, निर्जीवन बीमा ४८५.८१, उत्पादन ११३.१९, अन्य १०९.५५, लघुवित्त १४३.२८, जीवन बीमा ५९२.५९, सामूहिक लगानी कोष ०.२४ र लगानी २.५९ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा जाल्पा सामुदायिक लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७९ लाख नौ हजार ५१३ बराबरको कारोबार भयो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर रु पाँच करोड ६९ लाख ५१ हजार १२७, सानिमा माई हाइड्रोपावर रु पाँच करोड ५६ लाख ३४ हजार २७९, सूर्य लाइफ इन्सुरेन्स रु पाँच करोड ५२ लाख ६५ हजार १८१ र माथिल्लो तामाकोसी रु पाँच करोड १९ लाख ७२ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सामुदायिक लघुवित्त ४.९६, बोटलर्स नेपाल २, एनआइबिएल समृद्धि फन्ड १.६६, सनराइज फस्ट म्युचुअल फन्ड १.०४ र एनएमबी ५० का लगानीकर्ताले ०.९३ प्रतिशतले कमाए । त्यस्तै, युनाइटेड इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स र सूर्योदय बोमी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले गुमाए । बुद्धभूमि नेपाल हाइड्रोपावर ९.८४ र इमर्जिङ नेपाल ९.५६ प्रतिशतले गुमाए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …