तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । आगामी महिना अक्टोबरमा हुन लागेको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय परिषद (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलन हुने भएकोले एसिया प्यासिफिकको नेतृत्वका विषयमा छलफलका लागि भट्टराई जापान भ्रमणमा जान लागेको हुन् ।

भट्टराई यही सेप्टेम्बर २२ तारिख (Batik Air Malaysia) बाट मलेसियाको समय राति ९, बजे मालिन्दो एयरलाइन्सबाट ५, दिनका जापान भ्रमणको लागि जानलागेका हुन् ।

भ्रमणमा जापन टोकियोमा एनआरएनएका अग्रज तथा एनआरएनएका अभियानताहरु संग भेटघाट गर्ने र जापनमा रहेको साथीभाईहरुले आफुलाई भेट्न चाएमा भेट्न सकिने सामाजिक संजाल मार्फत बताएकाछन् ।

विगत लामो समय देखि स्टुडेन्ट भिषामा मलेसिया आएका भट्टराई पढाइ संगै सामाजिक काममा लागेर एनआरएनए मलेसियाको २०१९-२०२१ कार्यकालमा एनआरएना मलेसियाको अध्यक्ष हुदै २०२१-२३ मा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक (DRC) समालि सक्नुभएको भट्टराई आगामी २०२३-२०२५ कार्यकालको लागि एसिया प्यासिफिक संयोजक (RC) को उम्मेदवारी दिने भएका हुन् ।

उनले गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद मलेसियाले आयोजना गरेको तिज विशेष कार्यक्रममा आफ्नो एजेन्डा सहित एनआरएनए एसिया प्यासिफिक संयोजक (Rc) को उम्मेदवारी घोषणा गरि सक्नुभएको छ ।

उक्त कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा उनले एनआरएन मलेसियाको २०१९-२०२१ को आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरेको र २०२१-२०२३ कार्यसमिति सर्वसम्मत नेतृत्व चयन गरेर नेतृत्व हस्तान्तरण गरेको बताउनु भयो ।

उनले आफु नेतृत्वमा हुदा एनआरएनको केन्द्रिय कार्यालय स्थापनामा आर्थिक सहयोगदेखि भूकम्पपीडित, बाढिपीडित हुँदै कोभिड पीडितसम्म आइपुग्दा आर्थिक, नैतिक र भौतिक सहयोग गरेको र एनआरएन मलेसियाको आफ्नो कार्यालयसम्म थिएन, उनकै कार्यकालमा आफ्नै कार्यालय स्थापना गर्न सफल भएको। उनी आफैले १४, लाख रुपैयाजम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट हजारौ नेपालीलाई सहयोग गर्दै आईरहेको। कोभिडको महामारीमा आफुले नेतृत्व गरेको संघले ६३ सय भन्दाबढिलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेको बताए ।

त्यसैगरी एसिया मुलकमा रहेको नेपाली मुलका नागरिक हरुलाई विशेषगरी मलेसियामा रहेको नेपाली मलेसियान नागरिकहरुलाई नेपाली भााषा संस्कार संस्कृति परम्परा नभुलुन भन्ने हेतुले नेपालबाट नेपाली शिक्षक लिएर नेपाली भाषा पढाने व्यवस्था गर्ने र एसिया मुलुक हुदि स्थापना हुन नसकेको एनआरएनए संगठन स्थापना गर्ने जस्तै भियतनाम, इन्डोनोसिया, फिलिपिन्समा एनआरएनए एनसीसी गठन गरिने बताएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ आगामी महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …